स्थानीय चुनावमा एमालेले जितेमा स्वदेशी उद्योगलाई प्राथमिकता दिने : ओली

प्रकाशित मिति: २५ बैशाख २०७४, सोमबार १२:३७


काठमाडौं, बैशाख २५ ।
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले स्थानीय निर्वाचन जितेपछि स्वदेशी उद्योग र उत्पादनलाई प्राथमिकता दिने बताएका छन् ।

काठमाडौं महानगरपालिकाको पदयात्रा तथा घरदैलो कार्यक्रमको वडा नं २१ स्थित लगनमा शुभारम्भ गर्दै अध्यक्ष ओलीले भृकुटी कागज, बाँसबारी छालाजुत्ताजस्ता उद्योग बन्द हुनु विडम्बना भएको भन्दै एमालेले जितेपछि त्यस्तो अवस्थाको अन्त्य हुने बताए ।

उनकाअनुसार बाँसबारी छाला जुत्ता कारखाना बेचेपछि हामी विदेशी जुत्ता लगाउन बाध्य भएका छौं त्यस्तै, भृकुटी कागज कारखाना बेचेपछि हामीले घोषणापत्र छाप्न पनि विदेशी कागज प्रयोग गर्नुपरेको छ यस्तोे अवस्था रहेमा देश बन्दैन भनेका छन् ।

उनले महानगरको प्रमुखका उम्मेदवार विद्यासुन्दर शाक्यसहितको उम्मेदवारले जितेमा भ्रष्टाचार रहित महानगर बन्ने पनि दाबी गरेका छन् ।


प्रतिक्रिया

ताजा खबर

More

अवैध रूपमा अमेरिका पुगेका थप ३७ जना नेपाली अमेरिकाद्वारा डिपोर्ट

काठमाडाैं, जेठ २५ । अवैध रूपमा अमेरिका पुगेका थप ३७ जना नेपालीलाई अमेरिकाले डिपोर्ट गरेको छ ।.....

प्रभु बैंक र होटल यार्शाबीच छुटसम्बन्धी सम्झौता

काठमाडाैं, जेठ २५ । नेपाल राष्ट्र.....