चिनिया राष्ट्रपति सी जिनपिङले ल्याएको अवधारणामा नेपाल सरकारको हस्ताक्षर

काठमाडौं, बैशाख २५ ।
चीनको वान बेल्ट वान रोड (ओबीओआर)मा नेपाल सरकारले हस्ताक्षर गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले चीन सरकारले अघि सारेको उक्त अवधारणामा सहमति जनाउँदै हस्ताक्षर गर्ने निर्णय गरेको हो ।
यसअघि लामो समयदेखि चीनीयाँ सरकारले वान वेल्ट वान रोडको अवधारणामा हस्ताक्षर गर्न आग्रह गर्दा समेत नेपाल सरकारले निर्णय गर्न सकेका थिएन ।
सन् २०१३ मा चिनियाा राष्ट्रपति सी जिनपिङले ‘वान बेल्ट वान रोड’ अवधारणा घोषणा गरेका थिए ।
त्यस्तै मन्त्रिपरिषदको बैठकले बैशाख २९ गते हुने राष्ट्रपति विद्यादेवी भण्डारीको थाइल्याण्ड र श्रीलंका भ्रमणको स्वीकृती पनि दिएको छ ।
प्रतिक्रिया