सत्ताइस पक्की पुल निर्माण हुँदै

प्रकाशित मिति: १६ पुष २०७३, शनिबार ०४:०५


मोरङ, पुस १६
जिविसले जिल्लामा एकै साथ २७ पक्की पुल निर्माणको कामलाई तीव्रता दिएको छ ।

जनताको मागअनुसार जिल्लाका दर्बेशा, इटहरा, अमरदह, कटहरी, राजघाट, गोविन्दपुर, आमगाछी, मझारे, झोराहाट, टकुवा, केराबारीलगायत स्थानमा पक्की पुल निर्माण गरिरहेको छ ।

त्यसमध्ये बाहुनीको कयरखोलमा करिब रु दुई करोड २२ लाखको लागतमा १८ मि. र विराटनगरस्थित सिंगिया खोलामा रु. सात करोड ६० लाखको लागतमा ६२ मि लामो पुल सञ्चालनको तयारीमा छन् ।

यसैगरी बुधनगरको खाद्र्राखोलामा रु= ९५ लाखको लागतमा १५ मि, टङ्किसिनवारीको धाधरा खोलामा रु. एक करोड ८७ लाखको लागतमा १५ मि, रङ्गेलीको घागी खोलामा रु एक करोड ८३ लाखको लागतमा १८ मि, रु ६२ लाखको लागतमा इटहराको कट्नु खोलामा १५ मि र बवियार्विताको कोचेनी खोलामा रु दुई करोड १३ लाखको लागतमा १८ मि लामो पक्की पुल बन्दै छन् ।


प्रतिक्रिया

ताजा खबर

More

बालेन विरुद्ध विष

– प्रशान्त महासागर म बालेन चिन्दिन । उसको भूगोल पनि थाहा छैन । आनीबानी केही थाहा छैन । तर उसको.....

नेशनल लाईफको “मिट द सीईओ” कार्यक्रम सम्पन्न

काठमाडाैं, असाेज ४ । नेशनल लाईफ.....

सहकारी छानबिन समितिकाे प्रतिवेदन सार्वजनिक

काठमाडाैं, असाेज ४ । सहकारी संस्था.....