वर्तमान सरकार बाँच्ने अवस्थामा छैन, १ गते एअर एम्बुलेन्स चढ्छ : सचिव भट्टराई

प्रकाशित मिति: २५ बैशाख २०७४, सोमबार १८:४६


काठमाडौं, बैशाख २५ ।
नेकपा (एमाले)का सचिव योगेश भट्टराईले वर्तमान सरकार आईसीयूमा भएको संज्ञा दिँदै अबको जेठ १ गते एअर एम्बुलेन्स चढ्ने व्यंग्य गरेका छन् । उनले अगाडि भने, वर्तमान सरकारलाई आईसीयूमा भएको र एअर एम्बुलेन्स चढ्न तयार भएको दाबीसमेत गरे ।

पार्टीको चुनाव प्रचार विभागद्वारा आयोजित पत्रकार भेटघाटको क्रममा उनले जुकरवर्ग एमाले प्रवेश गरेको कुरालाई समेत जोडेका छन् । उनकाअनुसार अबको तीन दिन सामाजिक सञ्जाललगायतका माध्यममा एमालेका प्रचार हाबी हुने बताउँदै उनले भने, ‘अब प्रचारमा हामी हाबी हुन्छौ, सामाजिक सञ्जालमा हामी हुन्छौ त्यो देखेर कतिपयले भन्ने छन् फेसबुकका मालिक जुकरवर्ग पनि एमाले प्रवेश गरे छन् की के हो ? कतिपयले त जुकरवर्ग आफैँ एमाले रहेछ भन्न पनि सक्छन्’ उनले भने ।

पत्रकार भेटघाटमा बोल्दै उनले भने, ‘जेठ १ गते यो सरकार जान्छ, दोश्रो चरणको निर्वाचन एमालेले गराउनु पर्ने अवस्था आउँछ, तपाईंहरूलाई म आज यति मात्र भन्छु ।’


प्रतिक्रिया

ताजा खबर

More

अवैध रूपमा अमेरिका पुगेका थप ३७ जना नेपाली अमेरिकाद्वारा डिपोर्ट

काठमाडाैं, जेठ २५ । अवैध रूपमा अमेरिका पुगेका थप ३७ जना नेपालीलाई अमेरिकाले डिपोर्ट गरेको छ ।.....

प्रभु बैंक र होटल यार्शाबीच छुटसम्बन्धी सम्झौता

काठमाडाैं, जेठ २५ । नेपाल राष्ट्र.....