राष्ट्रपति भण्डारीद्वारा उपप्रधानमन्त्रीसहित तीन नयाँ मन्त्रीलाई सपथ ग्रहण

काठमाडौं, बैशाख २५ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले आज उपप्रधानमन्त्रीसहित तीन नयाँ मन्त्रीलाई सपथ ग्रहण गराएका छन् । सपथ ग्रहणमा विजयकुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमबाट सरकारमा सहभागी तीन मन्त्रीले आज पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन् ।
साँझ राष्ट्रपतिको कार्यालय शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री पुष्पकमल दाहालको उपस्थितिमा नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनियताको सपथ खुवाएकी हुन् ।
विजयकुमार गच्छेदारले उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय, जितेन्द्रनारायण देवले नागरिक उड्डयन तथा पर्यटन मन्त्रालय र गोपाल दहितलाई भूमि सुधार मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
केही दिन अगाडि राप्रपा सरकारबाट बाहिरिएपछि गच्छदार सरकारमा गएका हुन् । नेपाल लोकतान्त्रिक फोरमले सरकारमा राप्रपाले सम्हालेका मन्त्रालय नै पाएको छ ।
सरकारमा सहभागी हुन सुरुदेखि नै पहल गरे पनि संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको गच्छदारलाई सरकारमा लैजान नहुने अडान र मन्त्रालयका विषयमा भागबण्डा नमिल्दा उनी सरकारमा सहभागी भएका थिएनन् । प्रधानन्याधीशमाथी महाअभियोग लगाएको विषयमा असन्तुष्टि जाहेर गर्दै राप्रपा सरकारबाट बाहिरिएको थियो ।
प्रतिक्रिया