‘न्यायपालिकाको मूल्य मान्यता जगेर्ना गर्ने दिशामा सबैको ध्यान जानुपर्छ’ : प्रधानन्यायाधीश कार्की
प्रकाशित मिति: २६ बैशाख २०७४, मंगलवार ०४:४१
काठमाडौं, बैशाख २६ ।
प्रधानन्यायाधीश सुशीला कार्कीले संवैधानिक सर्वोच्चता, कानूनको शासन र स्वतन्त्र न्यायपालिकाको मूल्य मान्यता जगेर्ना गर्ने दिशामा सबैको ध्यान जानुपर्नेमा जोड दिएकी छन् ।
कानून दिवसका अवसरमा एक शुभकामना सन्देश जारी गर्दै उनले नागरिकका संवैधानिक एवम् कानूनी हक अधिकारको सच्चा पहरेदारका रूपमा रहेको स्वतन्त्रता न्यायपालिकाको आधार स्तम्भ भएको बताएकी छन् ।
जारी सन्देशमा प्रधानन्यायाधीश कार्कीले भनिन्, “यो दिवसले संवैधानिक सर्वोच्चता, कानूनको शासन र स्वतन्त्र न्यापालिकाको मूल्य मान्यता जर्गेना गर्ने दिशामा सम्बन्धित सबैको यथोचित प्रयास हुने अपेक्षा गरेकी छु ।”
कानूनको शासन एवम् स्वतन्त्र न्यायपालिका स्थापनाका लागि जारी भएको प्रधान न्यायालय ऐन, २००८ लागू भएको दिनको सम्झनास्वरूप मनाउने यो दिवसले कानूूनप्रतिको निष्ठा, संविधानप्रतिको बफादारिता एवम् राष्ट्रसेवामा जुट्ने प्रेरणा प्रदान गर्ने विश्वास उनले व्यक्त गरिन् ।