राप्रपालाई जिताउन वरिष्ठ नेता पशुपति शमशेर चुनाव प्रचारमा सक्रिय

प्रकाशित मिति: २६ बैशाख २०७४, मंगलवार ०९:३२


काठमाडौं, बैशाख २६ ।
सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका र जिल्लाका नगर तथा गाउँपालिका प्रमुखलगायतका पदहरूमा राप्रपालाई जिताउन राप्रपाका वरिष्ठ नेता पशुपति शमशेर जबरा र केन्द्रीय सदस्य कोमल वली एकजुट भएर लागि परेका छन् ।

नजिकिँदै गरेको चुनावमा राप्रपालाई पहिलो स्थानमा ल्याउनको लागि जबरा आफैँ घरदैलो कार्यक्रम तथा विभिन्न समारोहमा सहभागी हुँदै आएका छन् । आइतबार मेलम्ची नगरपालिकाको फटकशिलामा राप्रपाद्वारा आयोजित एक कार्यक्रममा नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) तथा नेपाली कांग्रेसलगायतबाट पार्टी परित्याग गरी राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेका थिए ।

करिब सयभन्दा बढीको संख्यामा रहेका कार्यकर्तालाई पशुपति शमशेर जबरा र कोमल वलीले टीका र दोसल्ला ओडाएर आफ्नो पार्टीमा प्रवेश गराएका हुन् । राप्रपाको मेलम्ची नगरपालिका प्रमुखका उम्मेदवार फणिन्द्र दाहाललाई जिताउन अहिले राप्रपाका नेता घरदैलो अभियान तथा पार्टी प्रवेश गराउनमा व्यस्त छन् ।

जिल्लाभरी नै चुनावी माहौलको सरगर्मी बढ्दै गर्दा मेलम्ची नगरपालिकामा मुख्य चार पार्टीको चर्को प्रतिस्पर्धा हुने देखिएको छ । नगरभरीका गाउँमा नेपाली कांग्रेस, राप्रपा, माओवादी केन्द्र तथा नेकपा (एमाले) ले आ–आफ्नो पार्टीको प्रचार–प्रसारका लागि लाखौँको लगानीमा पार्टीको झण्डा तथा टिसर्ट कार्यकर्ता माझ लैजानमा व्यस्त छन् ।

नगरपालिकाका ३१ हजार नौ सय ८७ मतदाताबाट चुनिने नगरपालिका प्रमुखमा नेपाली कांग्रेस, राप्रपा, माओवादी केन्द्र र नेकपा (एमाले) ले आफ्नो पक्षमा पार्न विभिन्न चुनावी आश्वासन दिँदै मतदातालाई आकर्षित गर्नेतर्फ लागेका छन् ।

जिल्लाभरी नै आफ्नो सङ्गठन बलियो बनाउनका लागि नेताहरूले भेला, घरदैलो अभियान, र्‍याली तथा कार्यकर्ता भेटघाटलाई धेरै बाक्लो बनाउन थालेका छन् । चार पार्टीको मुख्य प्रतिस्पर्धा रहेको मेलम्ची नगरपालिकामा नेकपा (एमाले) को नगर प्रमुखको उम्मेदवारी दिने विषयमा कुरा नमिल्दा आफ्नै कार्यकर्ताले क्षेत्रीय पार्टी कार्यालयमा ताला लगाएकाले असन्तुष्ट पक्षले कमै सहयोग गरेको देखिन्छ ।
असन्तुष्ट पक्षमा भएकाबाट नेपाली कांग्रेस र राप्रपालाई फाइदा मिल्नेमा कांग्रेस तथा राप्रपाका नेताहरू बताउँछन् ।


प्रतिक्रिया

ताजा खबर

More

अवैध रूपमा अमेरिका पुगेका थप ३७ जना नेपाली अमेरिकाद्वारा डिपोर्ट

काठमाडाैं, जेठ २५ । अवैध रूपमा अमेरिका पुगेका थप ३७ जना नेपालीलाई अमेरिकाले डिपोर्ट गरेको छ ।.....

प्रभु बैंक र होटल यार्शाबीच छुटसम्बन्धी सम्झौता

काठमाडाैं, जेठ २५ । नेपाल राष्ट्र.....