संघीय गठबन्धनले प्रम दाहालसँग छलफल गर्दै, संविधान संशोधनमा दबाब

प्रकाशित मिति: २६ बैशाख २०७४, मंगलवार ०९:५३


काठमाडौं, बैशाख २६ ।
संघीय गठबन्धनले आज प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता गरिरहेका छन् । स्थानीय तहको चुनाव, संविधान संशोधनलगायतका विषयमा छलफल जारी रहेको जनाएका छ । संघीय गठबन्धन र सत्तारुढ दलबीच भएको सहमतिअनुसार बैशाख ३१ गते हुने पहिलो चरणको चुनाव अघि संविधान संशोधन विधेयक पारित हुने सम्भावना कम भएपछि प्रधानमन्त्रीको ध्यानाकर्षण गराउन भेटवार्ता भइरहेको गठबन्धनका नेताहरूले बताएका छन् ।

संविधान संशोधन विधेयक निर्वाचन अघि पारित नहुने भएपछि निर्वाचन पछिको तयारीका विषयमा जानकारी लिने नेताहरूले बताए । भेटवार्ता अहिले बिहान ९ बजेदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी रहेको छ । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरको अध्यक्षतामा हिजो बसेको गठबन्धनको बैठकले प्रधानमन्त्री दाहालले आफूसँग भएको भद्र सहमति तोडेका कारण प्रम दाहालसँग छलफल गरी अघि बढ्ने निर्णय गरेको हो ।


प्रतिक्रिया

ताजा खबर

More

अवैध रूपमा अमेरिका पुगेका थप ३७ जना नेपाली अमेरिकाद्वारा डिपोर्ट

काठमाडाैं, जेठ २५ । अवैध रूपमा अमेरिका पुगेका थप ३७ जना नेपालीलाई अमेरिकाले डिपोर्ट गरेको छ ।.....

प्रभु बैंक र होटल यार्शाबीच छुटसम्बन्धी सम्झौता

काठमाडाैं, जेठ २५ । नेपाल राष्ट्र.....