संघीय गठबन्धनसँगको बैठक बिना निष्कर्ष टुङ्गियो, कारण ?

प्रकाशित मिति: २६ बैशाख २०७४, मंगलवार १३:३४


काठमाडौं, बैशाख २६ ।
प्रमुख राजनीतिक दलहरू नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र राजपाका नेताहरूबीचको बैठक आज पनि बिना निष्कर्ष सम्पन्न भएको छ ।

बैठकमा सरकारद्वारा संसद्मा दर्ता गरेको संविधान संशोधन विधयेक, दोश्रो चरणको स्थानीय तहको निर्वाचन र मधेशमा स्थानीय तहको संख्या थपबारे छलफल भएको थियो । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधन विधयेक पारित गराउन सरकारकोतर्फबाट पहल भइरहेको जानकारी दिँदै स्थानीय तहको निर्वाचन सफल बनाउन दलहरू थप एकताबद्ध हुनुपर्नेमा जोड दिएका छन् ।

बैठकमा राजपाका नेताहरूले संविधान संशोधन विधयेक पारित गरेर निर्वाचनमा सहभागी हुने वातावरण बनाउन आग्रह गरेका थिए भने प्रमुख तीन राजनीतिक दलका नेताहरूले राजनीतिक सहमतिका आधारमा संविधान संशोधन गरेर संघीय गठबन्धनमा आबद्ध दलहरूलाई पनि निर्वाचनमा ल्याउन आफूहरूले थप छलफल गर्ने बताए ।

बैठकमा प्रधानमन्त्री दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले उपाध्यक्ष बामदेव गौतम, गृहमन्त्री बिमलेन्द्र निधि, राजपाका नेताहरू महन्त ठाकुर, राजेन्द्र महतो, अनिल झालगायतका शीर्ष नेताहरू उपस्थित थिए ।


प्रतिक्रिया

ताजा खबर

More

अवैध रूपमा अमेरिका पुगेका थप ३७ जना नेपाली अमेरिकाद्वारा डिपोर्ट

काठमाडाैं, जेठ २५ । अवैध रूपमा अमेरिका पुगेका थप ३७ जना नेपालीलाई अमेरिकाले डिपोर्ट गरेको छ ।.....

प्रभु बैंक र होटल यार्शाबीच छुटसम्बन्धी सम्झौता

काठमाडाैं, जेठ २५ । नेपाल राष्ट्र.....