विद्यासुन्दरद्वारा १०० दिनमा गर्ने १०१ योजना सार्वजनिक

प्रकाशित मिति: २६ बैशाख २०७४, मंगलवार १६:५१


काठमाडौं, बैशाख २६ ।
नेकपा (एमाले)का तर्फबाट काठमाडौं महानगरपालिको प्रमुखका उम्मेदवार विद्यासुन्दर शाक्यले आफूले जितेपछि सय दिनमा गर्ने १०१ कार्यक्रम आज सार्वजनिक गरेका छन् ।

उनको योजनाअनुसार जन्मदेखि मृत्युसम्म चाहिने सामग्रीसहितको ‘मनी असन बजार’ विभिन्न ठाउँमा सञ्चालनका लागि अध्ययन गर्ने, राज्यले दिँदै आएको मासिक सामाजिक सुरक्षा भत्तामा थप गरी रु.पाँच हजार पु¥याउने र त्यस्तो भत्ता बैङ्कमार्फत् सिधँै पठाउने, ‘ग्रिन एन्ड क्लिन काठमाडौं’ अभियान तथा विद्युतीय सुशासन कार्यक्रम शुभारम्भ गर्नेलगायत रहेका छन् ।

यस्त,ै ‘घरघरमा अचम्मको सियो र गज्जबको चुलो’ कार्यक्रम सञ्चालन गर्ने कार्यक्रम पनि शाक्यको प्रतिवद्धतामा उल्लेख छ । उनको समग्र प्रतिवद्धता यसअघि सार्वजनिक भइसकेको छ ।

‘कौसीखेती तथा गार्डेनः घरघरमा जैविक तरकारी खेती’ का लागि आवश्यक बाकस, मल, प्लास्टिक टनेलसहितको प्रविधिका लागि प्रोत्साहन स्वरूप अनुदानको व्यवस्था गर्ने, न्यून शुल्कमा बिरुवा उत्पादनका लागि नर्सरी निर्माण गर्ने समेत उनले प्रतिवद्धता जनाएका छन् ।

आजको एक पत्रकार सम्मेलनमा एमालेका नेता शङ्कर पोखरेलले आफ्नो पार्टीले विगतमा स्थानीय तहको जिम्मेवारी पाउँदा आरम्भ गरेका आधुनिक र विकासका कामलाई निरन्तरता दिँदै थप उपलब्धि हासिलका लागि यी कार्यक्रम अघि सारिएको बताए ।

महानगरपालिकाका पूर्व प्रमुख केशव स्थापितले प्रस्तावित १०१ कार्यक्रम सबै कार्यान्वयन गर्न सकिने खालका भएको र यस कार्यक्रमका कारण अन्य पार्टीका कार्यकर्तामा पनि एमाले प्रतिको आकर्षण बढ्ने ठोकुवा गरेका छन् ।


प्रतिक्रिया

ताजा खबर

More

अवैध रूपमा अमेरिका पुगेका थप ३७ जना नेपाली अमेरिकाद्वारा डिपोर्ट

काठमाडाैं, जेठ २५ । अवैध रूपमा अमेरिका पुगेका थप ३७ जना नेपालीलाई अमेरिकाले डिपोर्ट गरेको छ ।.....

प्रभु बैंक र होटल यार्शाबीच छुटसम्बन्धी सम्झौता

काठमाडाैं, जेठ २५ । नेपाल राष्ट्र.....