२५६१ औँ बुद्धजयन्तीको अवसरमा सभापति देउवाद्वारा शुभकामना

प्रकाशित मिति: २७ बैशाख २०७४, बुधबार ०८:१०


काठमाडौं, बैशाख २७ ।
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले २५६१ औँ बुद्ध जयन्तीका अवसरमा आज बौद्ध धर्मावलम्बीहरूलाई शुभकामना व्यक्त गर्दै बुद्धका उपदेशलाई सबैले पालन गरेर देशमा शान्ति कायम होस् र भइरहेको अन्याय, अत्याचार एवं सबै प्रकारका दमनबाट सम्पूर्ण देशबासीले मुक्ति पाउन् भन्ने कामना गरेका छन् ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भई कार्यान्वयन र संस्थागत गर्ने क्रममा सबै प्रयत्नरत रहेको उल्लेख गर्दै उनले दीगो शान्ति बिना मुलुकको समग्र विकास सम्भव नभएकाले हिंसा, हत्या, अपहरण जस्ता मानव अधिकार विरोधी क्रियाकलाप अब सदाका लागि बन्द गरिनुपर्ने बताएका छन् ।

सभापति देउवाले सन्देशमा भने, ‘शान्ति, सहिष्णुता तथा सद्भावका प्रणेता गौतम बुद्धको उपदेशलाई सबैले मन, बचन र कर्मले पालन गरौँ, अशान्ति, हत्या र हिंसाको विरोध गरौँ ।’


प्रतिक्रिया

ताजा खबर

More

अवैध रूपमा अमेरिका पुगेका थप ३७ जना नेपाली अमेरिकाद्वारा डिपोर्ट

काठमाडाैं, जेठ २५ । अवैध रूपमा अमेरिका पुगेका थप ३७ जना नेपालीलाई अमेरिकाले डिपोर्ट गरेको छ ।.....

प्रभु बैंक र होटल यार्शाबीच छुटसम्बन्धी सम्झौता

काठमाडाैं, जेठ २५ । नेपाल राष्ट्र.....