पर्यवेक्षकबाट पनि आचारसंहिताको पूर्ण रूपमा पालना गनुपर्ने

काठमाडौं, बैशाख २७ ।
नागरिक समाजका अग्रज हिमालय शमशेर राणाले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र मर्यादित तुल्याउनका लागि पर्यवेक्षकले निर्वाचन आचार संहिताको पूर्ण रूपमा पालना गर्न निर्देशन दिएको छ ।
निर्वाचन पर्यवेक्षक समिति नेपालबाट स्थानीय तहको निर्वाचनमा काठमाडौं, भक्तपुर र ललितपुरमा खटिने पर्यवेक्षकका लागि आज आयोजित प्रशिक्षणमा उनले लोकतन्त्रको आधार स्तम्भको रूपमा रहने निर्वाचनको महाअभियानमा जुट्न सबैलाई आह्वान गरेका छन् ।
पूर्व–सचिव खेमराज रेग्मीले स्थानीय तहको आगामी निर्वाचनलाई स्वच्छ र स्वतन्त्र तुल्याउन सबै नेपाली जनता जागरुक हुन आवश्यक रहेको बताएका छन् ।
नेपाल कानुन समाजका कार्यकारी निर्देशक कृष्णमान प्रधानले मतदान गोप्य तथा निर्वाचनका अरू प्रक्रिया पारदर्शी भए नभएकोे बारे विस्तृत रूपमा पर्यवेक्षण गर्न निर्देशन दिएका छन् ।
निर्वाचन आयोगका उपसचिव मुकुन्द शर्माले क्षमता विकास, समन्वय, सहभागिता, साझेदारी, जवाफदेहिता, व्यापकता र नियमन गर्ने जस्ता विषयलाई समेटेर अघि बढने रणनीति एवं कार्यनीतिअनुसार पर्यवेक्षण सम्बन्धी व्यवस्था गरिएको बताए । उक्त प्रशिक्षणमा ८० भन्दा बढी पर्यवेक्षकको सहभागिता रहेको थियो ।
प्रतिक्रिया