कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

भक्तपुर, बैशाख २७ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज ओली निवास बालकोटमा भेटवार्ता भएको छ ।
छलफलका लागि सभापति देउवा बिहान ११.३० बजे एमाले अध्यक्ष ओली निवास बालकोट पुगेको हो । भेटपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै ओलीका निजी सचिव अनिश दाहालले समसामयिक विषयमा दुई दलका अध्यक्षबीच छलफल भएको बताएका छन् ।
करिब एक घन्टा भएको भेटमा कांग्रेस सभापति देउवाले मधेश केन्द्रीत दललाई सहमतिमा ल्याएर चुनाव गराउनुपर्नेमा जोड दिँदै संविधान संशोधनमा सहयोग गर्न एमाले अध्यक्ष ओलीलाई आग्रह गरेको उनले बताएका छन् ।
भेटमा एमाले अध्यक्ष ओलीले दोस्रो चरणको निर्वाचन बजेट अघि गर्नुपर्नेमा जोड दिँदै सहमतिका लागि छलफललाई निरन्तरता दिने र अन्य दलसँग छलफल गरेर गतिरोधको निकास निकाल्नेबारेमा छलफल भएको ओलीका निजी सचिव दाहालले जानकारी गराएका छन् ।
प्रतिक्रिया