दोलखा घटनापछि चुनावको माहौलमा सरकारलाई एमालेको २४ घण्टे अल्टिमेटम

काठमाडौं, बैशाख २७ ।
वातावरण पूर्ण रूपमा चुनावमय भइरहँदा नेकपा (एमाले)ले दोलखामा भएको कार्यकर्ता हत्याको घटनामा संलग्न सबैलाई गिरफ्तार गर्न सरकारलाई २४ घण्टे अल्टिमेटम दिएको छ ।
एमाले प्रचार विभागले आज काठमाडौमा एक पत्रकार सम्मेलनको आयोजना गरी एमाले सचिव प्रदिप ज्ञवालीले एमाले नेतृत्वको नौ दलीय गठबन्धनले प्रधानमन्त्रीसमक्ष २४ घण्टाभित्र दोलखाका घटनाका दोषीलाई गिरफ्तार गर्न अल्टिमेटम दिएको बताए ।
निर्वाचन जसरी पनि सम्पन्न गर्नुपर्छ भन्ने अभियानका लागेको एमालेको कार्यकतामाथी भएको आक्रमण निन्दनीय भएको भन्दै उनले एमालेको धैर्यलाई कमजोरी नठान्न चेतावनी दिए । उनले सरकारको नेतृत्व गर्ने पार्टी राज्य संरक्षित गुण्डागर्दीमा उत्रिँदा यसले भयावह अवस्था आउन सक्नेतर्फ सचेत समेत गरेका छन् ।
प्रतिक्रिया