मतदानको अन्यौलता हटाउन आजदेखि मतदाता परिचय पत्र वितरण

प्रकाशित मिति: २८ बैशाख २०७४, बिहीबार ०८:५६


काठमाडौं, बैशाख २८ ।
चुनाव प्रचार प्रसारका क्रममा घटिरहेका विभिन्न घटनाका कारण चुनाव हुने हो की होइन भन्ने अन्यौलतामा बसिरहेका सबै मतदाताहरूलाई आजदेखि मतदाता परिचय पत्र वितरण सुरु भएको छ । योसँगै स्थानीय तहको निर्वाचनका लागि लामो समयको प्रतिक्षामा रहेका सबै मतदाताहरू खुसी देखिएका छन् ।

यहीँ बैशाख ३१ गते आइतबार हुने चुनावका लागि आजदेखि सबै मतदान केन्द्रबाट परिचय पत्र वितरण सुरु भएको निर्वाचन आयोगले जनाएको छ । आयोगले परिचय पत्रसँगै मतदान केन्द्रबाटै मतदाता शिक्षा कार्यक्रम पनि सञ्चालन गर्ने भएको छ । मतदानसम्बन्धी अन्यौल हटाउन आयोगले मतदाता परिचय पत्र वितरणसँगै शनिबारसम्म मतदाता शिक्षा पनि दिन लागिएको हो ।

मतदान केन्द्रबाट मत बदर हुन नदिने र नबिग्रने हिसाबले बाकसमा खसाल्ने तरिका सिकाइने आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए । उनकाअनुसार यसपटक एउटै मतपत्रमा सात लहरमा निर्वाचन चिन्ह राखिएका छन् । हरेक मतदाताले सात ठाउँमा स्वस्तिक छाप लगाउनुपर्ने हुन्छ ।

यसरी लगाएको छाप, पहिलो लहरमा नगरपालिका वा गाउँपालिकाको प्रमुखका लागि हुने, दोश्रोमा उपप्रमुखका लागि र तेश्रोमा वडा अध्यक्ष हुनेछ । त्यस्तै चौथो लहरमा महिला सदस्य र पाँचौ लहरमा दलित महिला सदस्यका लागि छाप लगाउनुपर्नेछ ।

पछिल्लो छैटौँ र सातौँ लहरमा भने खुला वडा सदस्यका लागि छाप लगाउनुपर्नेछ । यसमा मतदाताको इच्छाअनुसार छैटौँमा मात्र वा सातौँमा मात्र लगाउन सकिने वा छैटौँ र सातौँ दुबैमा एक एक वटा छाप लगाउन पनि सकिने आयोगले जनाएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

अवैध रूपमा अमेरिका पुगेका थप ३७ जना नेपाली अमेरिकाद्वारा डिपोर्ट

काठमाडाैं, जेठ २५ । अवैध रूपमा अमेरिका पुगेका थप ३७ जना नेपालीलाई अमेरिकाले डिपोर्ट गरेको छ ।.....

प्रभु बैंक र होटल यार्शाबीच छुटसम्बन्धी सम्झौता

काठमाडाैं, जेठ २५ । नेपाल राष्ट्र.....