देशको चौतर्फी समृद्धिका लागि मतदान : महामन्त्री कोइराला

नवलपरासी, बैशाख २८ ।
नेपाली कांग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले देशको चौतर्फी समृद्धिका लागि स्थानिय तहका निर्वाचनमा नेपाली कांग्रेसको पक्षमा मतदान गर्न आग्रह गरेका छन् ।
आफ्नो निर्वाचन क्षेत्र रहेको जिल्ला नवलपरासीमा रहनुभएका कोइरालाले पार्टीको प्रचार प्रसार अभियानलाई बुधबार विभिन्न स्थानमा सम्बोधन गर्दै यस्तो विचार राखेका थिए ।
सो अवसरमा कोइरालाले नेपाली कांग्रेसको विजय सुनिश्चित भइसकेको बताउँदै तीव्र विकास र समृद्धिका लागि कांग्रेसलाई जिताउन मतदातालाई आग्रह गरे ।
संविधान निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गरेको नेपाली कांग्रेसलाई अब सो संविधानको उचित कार्यान्वयनका लागि स्थानीय तहको निर्वाचनमार्फत सोको जिम्मेवारी नेपाली जनतामार्फत नेपाली कांग्रेसको काँधमा आउने विचार राखेका थिए।
प्रतिक्रिया