रष्ट्रपतिसँग शीर्ष नेताको भेट

प्रकाशित मिति: २८ बैशाख २०७४, बिहीबार १३:५९


काठमाडौं, बैशाख २८ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले आसन्न स्थानीय तहको निर्वाचनमा दलहरुको सहभागिता उत्साहजनक देखिएकामा खुसी व्यक्त गरेका छन् ।

प्रमुख दलका शीर्ष नेतासँग राष्ट्रपति भवन शीतलनिवासमा आज सम्पन्न भेटमा उनले निर्वाचन सम्पन्न गर्न दलहरुबीच देखिएको उच्च समझदारीले संविधानमा उल्लिखित तीन तहका निर्वाचन निर्धारित मितिमा हुने विश्वास व्यक्त गरे ।

राष्ट्रपति भण्डारीले भोलिदेखि हुन लागेको आफ्नो श्रीलङ्का भ्रमणका बारेमा दलका शीर्ष नेतालाई जानकारी गराउनुभएको राष्ट्रपति भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए । दलका नेताहरूले राष्ट्रपति भण्डारीको भ्रमणको सफलताको शुभकामना दिएका छन् ।

उक्त भेटमा प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले) संसदीय दलका उपनेता सुवास नेम्वाङ सहभागी भएका थिए ।

यसैगरी, उप–प्रधानमन्त्री विजयकुमार गच्छदार, राष्ट्रिय जनता पार्टीका नेता महन्थ ठाकुर, सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको उपस्थिति रहेको जनाएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

अवैध रूपमा अमेरिका पुगेका थप ३७ जना नेपाली अमेरिकाद्वारा डिपोर्ट

काठमाडाैं, जेठ २५ । अवैध रूपमा अमेरिका पुगेका थप ३७ जना नेपालीलाई अमेरिकाले डिपोर्ट गरेको छ ।.....

प्रभु बैंक र होटल यार्शाबीच छुटसम्बन्धी सम्झौता

काठमाडाैं, जेठ २५ । नेपाल राष्ट्र.....