झिनो मतले जित्ने छुट छैन, भारी मतले जित्नुपर्छ : प्रम दाहाल

प्रकाशित मिति: २८ बैशाख २०७४, बिहीबार १६:०६


काठमाडौं, बैशाख २८ ।
स्थानीय तहको पहिलो चरणको चुनाव प्रचारको अन्तिम दिन गृह जिल्ला चितवन पुगेका प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गठबन्धन बनेपछि भरतपुर महानगरपालिकामा भारी मतले जितिने बताएका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवासहित चितवन गएका प्रधानमन्त्री दाहालले आफूहरूलाई झिनो मतले जित्ने सुविधा नभएको बताए । ‘कांग्रेस र माओवादीबीचको गठबन्धन भएपछि जे चर्चा परिचर्चा भए, ती आफ्नो ठाउँमा छन् । अहिले कांग्रेस र माओवादीका शीर्ष नेता आएर यति अपिल गरेपछि अब हामीलाई झिनो मतले जित्ने छुट छैन । अत्याधिक बहुमतले जित्नुपर्छ । लहर सिर्जना गर्नुपर्छ ।’ प्रधानमन्त्रीको भनाई थियो ।

गठबन्धनअनुसार भरतपुर महानगरपालिकामा कांग्रेस र माओवादीबीच तालमेल बनेको छ । माओवादीका रेणु दाहाल मेयर र कांग्रेस पार्वती शाह उपमेयरका उम्मेदवार छन् ।

यसैबीच, प्रधानमन्त्री दाहालले रेणु दाहालले प्रचण्डपुत्री भएका कारण टिकट नदिएको बताएका छन् । उनले रेणु दाहालको आफ्नै क्षमता र हैसियतका कारण पार्टीले टिकट दिएको वताए ।

सम्पूर्ण राष्ट्र र चितवनको समग्र विकासका लागि यो गठवन्धन चमत्कारिक भएको उनको भनाई छ । दाहालले दक्षिण एशियाकै समृद्ध महानगर बन्ने आधार भरतपुर महानगरसँग मात्र भएको दाबी गरे ।


प्रतिक्रिया

ताजा खबर

More

अवैध रूपमा अमेरिका पुगेका थप ३७ जना नेपाली अमेरिकाद्वारा डिपोर्ट

काठमाडाैं, जेठ २५ । अवैध रूपमा अमेरिका पुगेका थप ३७ जना नेपालीलाई अमेरिकाले डिपोर्ट गरेको छ ।.....

प्रभु बैंक र होटल यार्शाबीच छुटसम्बन्धी सम्झौता

काठमाडाैं, जेठ २५ । नेपाल राष्ट्र.....