पेट्राेलियम पदार्थमा गरिएकाे मूल्यवृद्धिविरुद्ध काठमाडाैंमा मसाल जुलुस प्रदर्शन
काठमाडाैं, माघ १९ ।
सरकारले अहिलेसम्मकै उच्च बिन्दुमा पुग्ने गरी गरिएकाे पेट्रोलियम पदार्थकाे मूल्यवृद्धिविरुद्ध आज काठमाडाैंमा मसाल जुलुससहित विराेध प्रदर्शन गरेकाे छ । नेकपा (क्रान्तिकारी माओवादी) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले मूल्यवृद्धि फिर्ता लिन माग गर्दै विरोध प्रदर्शन गरेको हाे ।
आज उसले मूल्यवृद्धिविरुद्ध ललितपुरमा पनि मसाल जुलुस निकालेको छ ।
यसअघि, माइतीघर मण्डलमा अखिल क्रान्तिकारीले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै विरोध प्रदर्शन गरेको थियो ।
सरकारले गएरातिबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँले मूल्यवृद्धि गरेको हाे । मूल्यवृद्धिसँगै पेट्राेलियम पदार्थकाे मूल्य अहिले पेट्रोल प्रतिलिटर १ सय ४२ रुपैयाँ तथा डिजल र मट्टीतेल प्रतिलिटर १ सय २५ रुपैयाँ कायम भएकाे छ ।
प्रतिक्रिया