सन नेपाल लाईफद्वारा समता फाउण्डेशनलाई रु. ५ लाख सहयाेग प्रदान
![](https://liveofnepal.net/wp-content/uploads/2025/02/WhatsApp-Image-2025-02-05-at-17.28.51.jpeg)
काठमाडाैं, माघ २३ ।
सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत समता फाउण्डेशनलाई रु. ५ लाख आर्थिक सहायता प्रदान गरेको छ । उक्त सहयोग फाउण्डेशनमा अध्ययनरत् विद्यार्थीहरूको शिक्षातर्फ खर्च हुनेछ ।
एक कार्यक्रमकाबीच कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले उक्त रकम फाउण्डेशनका प्रतिनिधि दिपक बस्नेतलाई हस्तानतरण गरेका हुन् । सबैका लागि शिक्षा सहज र शुलभ बनाउन समर्पित समता फाउण्डेशनलाई दिएको यस योगदानले विद्यार्थीहरूको उज्जवल भविष्य निर्माणमा सहयोग पुग्ने विश्वास कम्पनीले लिएकाे छ ।
कम्पनीले १ सय ३९ वटा शाखा तथा उपशाखा कार्यालयबाट जीवन बीमा सेवा प्रदान गर्दै आइरहेको छ । शिक्षा, स्वास्थ्य र समाजसेवाका क्षेत्रमा सक्रिय रहँदै आएको सन नेपाल लाईफले आगामी दिनहरूमा पनि संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्दै अगाडि बढ्ने कम्पनीले एक प्रेस विज्ञप्ति जारी गरी प्रतिबद्धतासमेत व्यक्त गरेको छ ।
प्रतिक्रिया