सुनचाँदी कारोबारको चौथो दिन पनि सुनचाँदीको मूल्यमा वृद्धि
काठमाडाैं, माघ २३ ।
नेपाली बजारमा सुनचाँदी कारोबारको चौथो दिन आज बुधबार पनि सुनचाँदीको मूल्यमा उच्च वृद्धि भएको छ । मङ्गलबार उच्च वृद्धि भएको सुनको मूल्य बुधबार तोलामा २ हजार २ सय रुपैयाँले बढेको छ ।
यससँगै नेपाली बजारमा सुनको मूल्य तोलामा १ लाख ६६ हजार ७ सय रुपैयाँ पुगेको छ । यसअघि भने १ लाख ६४ हजार ९ सय रुपैयाँ थियो ।
यता, चाँदी तोलामा ४५ रुपैयाँले बढेको छ । यसअघि तोलामा १ हजार ९ सय ३० रुपैयाँ रहेको चाँदी आज बढेर १ हजार ९ सय ७५ रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यावसायी महासङ्घले जनाएको छ ।
प्रतिक्रिया