विजनेश अक्सिजनद्वारा जेनेसमा १० लाख अमेरिकी डलर बराबरकाे लगानी

प्रकाशित मिति: ४ फाल्गुन २०७८, बुधबार १९:१५


काठमाडाैं, फागुन ४ ।
विजनेश अक्सिजन (प्रा.) लि.ले जेनेस सोलुशन (प्रा.) लि.मा १० लाख अमेरिकी डलर बराबरको लगानी गरेको छ । नेपालमा क्लाउड सेवा प्रदान गरिरहेको जेनेस सोलुशनले दुई चरणमा गरी १० लाख अमेरिकी डलर प्राप्त गरेको हो ।

विजनेश अक्सिजनले जेनेसमा २०२१ जुनमा पहिलो चरणमा लगानी गरेको थियो । आशाजनक प्रतिफल र सम्भावनाहरू भएका कारण जेनेस सोलुशन (प्रा.) लि.लाई विश्वभर डिजिटल रूपान्तरणको उदीयमान कम्पनीको रूपमा स्थापित गराउन विजनेश अक्सिजनले थप लगानी गरेको हो ।

विजनेश अक्सिजन (प्रा.) लि. (बीओटू) नेपालको पहिलो निजी ‘इक्विटी फण्ड’ हो र यो इन्टरनेशनल फाइनान्स कर्पोरेशन (आईएफसी) को ग्लोबल एसएमई भेञ्चर इनिसिएटिभको एउटा अङ्ग पनि हो । यसमा आईएफसीको वर्ल्ड बैंक ग्रुप, क्लाइमेट इन्भेस्टमेन्ट फण्ड (पीपीसीआर) र एफसीडीओको लगानी छ । यो लगानीलाई ह्वाइट लोटस सेन्टर (प्रा.) लि.को सहायक कम्पनी डब्लूएलसी भेञ्चर (प्रा.) लि.ले व्यवस्थापन गरेको हो ।

‘विजनेश अक्सिजनबाट दोश्राे चरणको लगानी भित्र्याउन पाउँदा हामी हर्षित छौँ, यसले हामी सही मार्गमा रहेको देखाउँछ । यो लगानीले हामीलाई अझै बलियो र प्रतिस्पर्धी टीम बनाउन सहयोग गर्नेछ’ जेनेसका संस्थापक एवं प्रमुख प्राविधिक अधिकृत (सीटीओ) अञ्जनी फुँयाल भन्छिन्, ‘हाम्रो मुख्य उद्देश्य नेपालमा बलियो प्रविधिक संशाधन विकास गरी डिजिटल रूपान्तरणमा सहयोगी बन्नु हो ।’

विजनेश अक्सिजनबाट लगानी आएसँगै जेनेसले आफूलाई अन्तर्राष्ट्रियस्तरको बनाउनमा ध्यान केन्द्रित गर्नेछ । नेपालमा आउने लगानीलाई हाम्रा जनशक्तिको क्षमता अभिवृद्धि र यहीँ अन्तर्राष्ट्रियस्तरका प्रतिस्पर्धी प्राविधिक जनशक्ति विकास गर्ने कार्यमा प्रयोग गरिनेछ ।

जेनेसले हालसम्म नेपाल र अन्य मुलुकमा गरी १ हजारभन्दा बढी व्यावसायको डिटिजल रूपान्तरणमा सहयोग गरिसकेको छ । नेपालसहित ८ मुलुकमा यसको कार्यालय रहेका छन् । क्लाउड सेवासँगै जेनेसले उच्चस्तरको डेटा सुरक्षा अडिट र डिजिटल मार्केटिङ्गमा पनि सेवाग्राहीलाई सहयोग गरिरहेको छ ।

‘आईटी उद्योगले पछिल्लो समय निकै फस्टाएको क्षेत्र हो, महामारीको समयमा यसको महत्व अझै बढी देखिएको छ । अब हरेक व्यावसाय र संस्थाले प्रविधिसँग जोडिनुको विकल्प छैन’ विजनेश अक्सिजन (प्रा.) लि.का अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृत (सीईओ) सिद्धार्थराज पाण्डे भन्छन्, ‘जेनेसमा हाम्रो लगानी यसको टीममा हाम्रो विश्वासलाई देखाउँछ, नेपाललाई बलियो आईटी हब बनाउने जेनेसको उद्देश्यमा सहभागी बन्न पाउँदा खुशी छौँ ।’


प्रतिक्रिया

ताजा खबर

More

काठमाडाैंकाे त्रिपुरेश्वरमा फेला परेकाे शंकास्पद वस्तु डिस्पाेज

काठमाडाैं, फागुन ६ । काठमाडौं महानगरपालिकाको त्रिपुरेश्वरस्थित बस स्टपनजिकै शंकास्पद वस्तु.....