सानिमा बैंककाे “सानिमा फ्लेक्सी फण्ड” सञ्चालनकाे अनुमति

प्रकाशित मिति: ५ फाल्गुन २०८१, सोमबार २०:०२


काठमाडाैं, फागुन ५ ।
नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गकाे इजाजत पत्र प्राप्त संस्था सानिमा बैंक लिमिटेड, कोष प्रबर्द्धक तथा सानिमा क्यापिटल लि. योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको “सानिमा म्युचुअल फण्ड” अन्तर्गत सञ्चालन हुने चौथो तथा पहिलो खुलामुखी योजना “सानिमा फ्लेक्सी फण्ड” सञ्चालन गर्ने अनुमति नेपाल धितोपत्र बोर्ड (SEBON) बाट यही माघ २ गते प्राप्त भएको छ । यस योजनाको पहिलो चरणमा स्वीकृत आकार रु. १ अर्ब रहेको छ । खुलामुखी प्रकृतिको यस सामूहिक लगानी कोष योजनाको कूल आकार प्रति इकाई अंकित मूल्य रु. १०/- दरको १०,००,००,००० (दश करोड) इकाई मध्ये ४०% अर्थात् ४,००,००,००० (चार करोड) इकाई प्रथम चरणमा सार्वजनिक रूपमा बिक्रीका लागि खुला गरिनेछ । उक्त निष्काशन गरिने इकाई मध्ये योजनाको कूल आकारको १५ (पन्ध्र) प्रतिशत अर्थात १,५०,००,००० (एक करोड पचास लाख) इकाई मध्ये कोष प्रबर्द्धक सानिमा बैंक लिमिटेडलाई १३ प्रतिशत अर्थात १,३०,००,००० (एक करोड तीस लाख) इकाई तथा योजना व्यवस्थापक सानिमा क्यापिटल लिमिटेडलाई २ प्रतिशत अर्थात २०,००,००० (बप्स लाख) इकाई सुरक्षित राखी बाँकी रहने ८,५०,००,००० (आठ करोड पचास लाख) इकाईमध्ये प्रथम चरणमा सर्वसाधारणहरूमा २,५०,००,००० (दुई करोड पचास लाख) इकाई सार्वजनिक रूपमा बिक्रीको लागि खुला गरिनेछ ।

यस योजना एक खुलामुखी प्रकृतिको योजना भएकाले यसका इकाईहरू कुनै पनि धितोपत्र बजारमा सूचिकरण नहुने हुँदा यस योजनाको सार्वजनिक निष्काशनपश्चात् दोश्राे चरणमा सामूहिक लगानी कोष नियमावली, २०६७ बमोजिम योजनाको इकाई योजना व्यवस्थापक तथा योजना व्यवस्थापकले तोकेको वितरकहरू मार्फत् निरन्तर खरिद बिक्रीको लागि खुला गरिनेछ । जस अन्तर्गत यस योजनामा लगानी गर्न चाहने लगानीकर्ताहरूले योजना व्यवस्थापकको कार्यालय सम मार्ग, नक्साल वा तोकिएको वितरक कार्यालयहरूका साथै अनलाईनमार्फत् इकाई खरिदका लागि आवेदन दिएर वा व्यवस्थित लगानी योजना (Systematic Investment Plan- SIP) मार्फत् सहभागी भई लगानी गर्न सक्नेछन् ।

सानिमा बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रही विगत ९ वर्षदेखि सञ्चालनमा रहेको नेपालको पूँजी बजारमा एउटा दक्ष तथा अनुभवि योजना व्यवस्थापकको परिचय बनाउन सफल योजना व्यवस्थापक सानिमा क्यापिटल लिमिटेडको व्यवस्थापकत्वमा सानिमा म्युचुअल फण्डअन्तर्गत यसअघि नै तीन वटा बन्दमुखी योजनाहरू समेत सञ्चालनमा रहेको छ । जसमध्ये सानिमा इक्विटी फण्डले आफ्नो ७ वर्ष समयावधि पूरा भई परिपक्व भइसकेको र इकाई धनीहरूलाई लगानी रकम फिर्ता गर्ने चरणमा रहेकोमा उक्त योजनाको अवधिभरमा कूल वार्षिक औसत प्रतिफल १७.५ प्रतिशत रहने अनुमान गरिएको छ ।

“सानिमा फ्लेक्सी फण्ड” सर्वसाधारणहरूका लागि मिति २०८१/११/०६ देखि छिटोमा २०८१/११/११ र ढिलोमा २०८१/११/२० गतेसम्म इकाई बिक्री खुला हुँदैछ र इच्छुक लगानीकर्ताहरूले (व्यक्ति तथा संस्था) यस योजनामा न्यूनतम रु. १ हजारदेखि अधिकतम रु. ४ करोडसम्म लगानीका लागि आफ्नो सी-आश्वा खाता रहेको बैंक वा मेरो शेयरमा लग इन गरी अनलाईन आवेदन दिने सकिने बैंकले एक प्रेस विज्ञप्ति जारी गरी जनाएकाे छ ।


प्रतिक्रिया

ताजा खबर

More

मलेसियामा भएकाे सडक दुर्घटनामा परी सुरक्षा गार्डमा कार्यरत ४२ वर्षीय श्रेष्ठकाे मृत्यु

एजेन्सी, फागुन ८ । मलेसियामा सडक दुर्घटनामा परी एक नेपालीको मृत्यु भएको छ । सुनसरीको इनरुवा.....

बसले किचेर डेढ वर्षीया बालिकाको मृत्यु

काठमाडाैं, फागुन ८ । प्युठानको.....