सानिमा बैंक र ब्रिटिश इन्टरनेशनल इन्भेस्टमेन्टबीच व्यापार ऋण सम्झौता

प्रकाशित मिति: ६ फाल्गुन २०८१, मंगलवार १८:०२


काठमाडौं, फागुन ६ ।
नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजत पत्र प्राप्त संस्था सानिमा बैंक लिमिटेड र ब्रिटिश इन्टरनेशनल इन्भेस्टमेन्ट पीएलसीबीच १५ मिलियन अमेरिकी डलरको व्यापार ऋण सम्झौतामा हस्ताक्षर भएको छ ।

उक्त सम्झौताअनुसार प्राप्त ऋण विशेष गरी जलविद्युत् आयोजनाहरूको निर्माणमा प्रयोग हुने हाइड्रो मेकानिकल र इलेक्ट्रो मेकानिकल उपकरणहरूको आयात तथा निर्माण प्रक्रियाका लागि कच्चा पदार्थहरूको खरिदमा प्रयोग गरिनेछ । यस साझेदारीले सानिमा बैंकको Trade Finance Service लाई महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

सानिमा बैंकको तर्फबाट, प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डे र ब्रिटिश इन्टरनेशनल इन्भेस्टमेन्टका लगानी निर्देशक एडमिर इमामीले उक्त सम्झौतामा संयुक्त रूपमा हस्ताक्षर गरेका हुन् । यस साझेदारीले नेपालको ऊर्जा आवश्यकतालाई सम्बोधन गर्दै दीगो ऊर्जा श्रोतहरू परिचालन गर्न महत्वपूर्ण योगदान पुर्‍याउनेछ ।

यो प्रयास Fossil Fuelमा निर्भरता कम गर्न र जलवायु परिवर्तनसँग लड्न विश्वव्यापी प्रयासहरूमा केन्द्रित छ । सानिमा बैंकले स्वच्छ ऊर्जा परियोजनाहरूलाई प्रबर्द्धन गरी स्थानीय समुदायहरूका लागि दीर्घकालीन सकारात्मक प्रभावहरू सिर्जना गर्ने दृष्टिकोण राखेको छ ।

सानिमा बैंकको देशको सातै प्रदेशमा १ सय ३४ वटा कार्यालयहरू तथा १ सय २६ वटा एटीएम मेसिनहरू सञ्चालनमा रहेको बैंकले एक प्रेस विज्ञप्ति जारी गरी जनाएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

मलेसियामा भएकाे सडक दुर्घटनामा परी सुरक्षा गार्डमा कार्यरत ४२ वर्षीय श्रेष्ठकाे मृत्यु

एजेन्सी, फागुन ८ । मलेसियामा सडक दुर्घटनामा परी एक नेपालीको मृत्यु भएको छ । सुनसरीको इनरुवा.....

बसले किचेर डेढ वर्षीया बालिकाको मृत्यु

काठमाडाैं, फागुन ८ । प्युठानको.....