नेशनल लाईफको एम.डि.आर.टी सम्मान तथा तालिम कार्यक्रम भव्य रूपमा सम्पन्न

प्रकाशित मिति: ५ फाल्गुन २०८१, सोमबार १३:३८


काठमाडौं, फागुन ५ ।
नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि.ले चितवनस्थित होटल सोल्टी वेस्टेण्डमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतको सभापतित्वमा एम.डि.आर.टी सम्मान तथा तालिम कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ ।

अभिकर्ताहरूको अन्तर्राष्ट्रिय फोरम एमडिआरटीले एमडिआरटी २०२५ मा छनौट हुनका लागि तोकेको बीमा शुल्क संकलन गरी नेपालभरबाट छनौट भएका १०० जना एमडिआरटी अभिकर्ताहरूलाई भव्य समारोहकाबीच सम्मान गरेको हो ।

समारोहमा प्रमुख कार्यकारी अधिकृतले कम्पनीलाई अग्रस्थानमा पु¥याउन महत्वपूर्ण भूमिका खेल्ने अभिकर्ता समूहलाई उच्च प्राथमिकतामा राख्दै केही नयाँ अभ्यासहरू सुरु गरेको र यसबाट अभिकर्ताहरू उत्साही भएको बताए । उनले अभिकर्ता संञ्जालको व्यावसायिकरणलाई सधैँ उच्च स्थानमा राख्दै विविध मासिक र वार्षिक प्रोत्साहन योजना पेश गर्दै आएकोमा आगामी दिनहरूमा पनि कम्पनीले यसमा यथासम्भव लगानी गरिरहने जानकारी गराएका छन् । जीवन बीमा व्यावसाय दिन प्रतिदिन व्यावसायिक हुँदै गइरहेको परिप्रेक्षमा कम्पनीले आफ्नो तर्फबाट सकभर प्रयास गरी विगत केही वर्षदेखि कम्पनीले उच्च बोनसदर प्रदान गर्दै आएकोले अभिकर्ताहरूलाई व्यावसायमा सहज भइरहेको बताउँदै एमडिआरटी २०२५ मा तोकिएको करिब ४७ लाखदेखि ३ करोडसम्मको बीमा शुल्क संकलन गरी ९४ जनाले एमडिआरटी ३ जनाले सिओटी र २ जनाले टिओटीको गरिमामय लक्ष्य हासिल गर्न सफल सबै १०० जना अभिकर्ताहरूलाई विशेष सम्मान गरिएको थियो । यसका साथै निरन्तर ५१ दिनसम्म ५१ बीमालेख जारी गर्न सफल एमडिआरटी अभिकर्ता रुपक पराजुली र सबैभन्दा बढी एमडिआरटी अभिकर्ता उत्पादन गर्न सफल कलंकी शाखालाई पनि सम्मान गरेका थिए ।

प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले पानसमा द्धिप प्रज्वलन गर्दै शुभारम्भ गरिएको सो कार्यक्रममा सहभागी भएका प्रदेश प्रमुख, शाखा प्रमुखलगायत मार्केटिङ कर्मचारी र अभिकर्ताहरूलाई चर्चित अन्तर्राष्ट्रिय मोटिभेसनल स्पिकर विजय कुमार झाले जीवन बीमा व्यावसायमा थप हौसला प्रदान गर्दै अभिकर्ताहरूको व्यावसायिक दक्षता अभिवृद्धि गरी निरन्तर एमडिआरटीको लक्ष्य पूरा गराउने उद्देश्यले भिन्न उदाहरण प्रस्तुत गर्दै तालिम प्रदान गरेका थिए ।

विभागीय प्रमख, प्रदेश प्रमुख, शाखा प्रमुख र मार्केटिङ कर्मचारीहरूको समेत उपस्थिति रहेको सो भव्य समारोहमा विभिन्न मनोरञ्जनात्मक प्रस्तुति, उपलब्धिमूलक उत्प्रेरक तालिम र उच्चस्तरको सम्मान कार्यक्रममा सम्मानित भई प्रमुख कार्यकारी अधिकृतबाट सम्मान ग्रहण गर्न पाउँदा आफूहरुले गरेको मेहनतको कदर भएको र अत्यन्तै गर्व लागेको सम्मानित बिजनेश लिडरहरूले बताएका छन् ।


प्रतिक्रिया

ताजा खबर

More

मलेसियामा भएकाे सडक दुर्घटनामा परी सुरक्षा गार्डमा कार्यरत ४२ वर्षीय श्रेष्ठकाे मृत्यु

एजेन्सी, फागुन ८ । मलेसियामा सडक दुर्घटनामा परी एक नेपालीको मृत्यु भएको छ । सुनसरीको इनरुवा.....

बसले किचेर डेढ वर्षीया बालिकाको मृत्यु

काठमाडाैं, फागुन ८ । प्युठानको.....