नेप्से करिब ३० अंकले वृद्धि, करिब ५ कराेडकाे शेयर काराेबार

प्रकाशित मिति: ५ फाल्गुन २०८१, सोमबार १५:४२


काठमाडाैं, फागुन ५ ।
शेयर बजार परिसूचक नेप्से आज साेमबार करिब ३० अंकले वृद्धि भएकाे छ । नेपाल स्टक एक्सचेञ्जकाअनुसार आज नेप्से २९ दशमलव ८७ अंकले वृद्धि हुँदै २ हजार ७२७ दशमलव ९१ को बिन्दुमा पुगेको छ ।

आज १ करोड ८० लाख ८१ हजार कित्ता शेयर किनबेच हुँदा १० अर्ब ४ करोड ९६ लाख बराबरको शेयर किनबेच भएको छ ।

यसैगरी, ६ वटा कम्पनीको शेयरमा सकारात्मक सर्किट लाग्दा सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमा भने नेगेटिभ सर्किट लागेकाे छ ।

नेप्सेकाअनुसार आज नेपाल रिइन्स्योरेन्स कम्पनीको शेयर सबैभन्दा बढी कारोबार भएकाे छ भने उपसूचकतर्फ फाइनान्स, ट्रेडिङ र हाइड्रोपावर बाहेक सबै समूह हरियाली बन्न पुगेकाे छ ।


प्रतिक्रिया

ताजा खबर

More

मलेसियामा भएकाे सडक दुर्घटनामा परी सुरक्षा गार्डमा कार्यरत ४२ वर्षीय श्रेष्ठकाे मृत्यु

एजेन्सी, फागुन ८ । मलेसियामा सडक दुर्घटनामा परी एक नेपालीको मृत्यु भएको छ । सुनसरीको इनरुवा.....

बसले किचेर डेढ वर्षीया बालिकाको मृत्यु

काठमाडाैं, फागुन ८ । प्युठानको.....