कामपाको मनमैँजुस्थित मानन्धरको घरमा जुवातास खेलिरहेको अवस्थामा ९ पक्राउ

प्रकाशित मिति: ५ भाद्र २०७९, आईतवार १६:५६


काठमाडौं, भाद्र ५ ।
काठमाडौं महानगरपालिका–१६ बालाजु बाईपास मनमैजु मार्ग बस्ने ६३ वर्षीय लक्ष्मीभक्त मानन्धरको घरमा जुवातास खेलिरहेको अवस्थामा लक्ष्मीभक्तसमेत ९ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरूलाई जुवातास खेलिरहेको अवस्थामा नगद ३६ हजार रुपैयाँ र ८ बुक ताससहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।


प्रतिक्रिया

ताजा खबर

More