महिलाकाे नग्न तस्वीर आफन्तलाई पठाएर चरित्र हत्या गरेकाे अभियाेगमा ३१ वर्षीय युवक पक्राउ

प्रकाशित मिति: २५ माघ २०८१, शुक्रबार १८:००


काठमाडाैं, माघ २५ ।
सामाजिक सञ्जालबाट महिलाको चरित्र हत्या गरेको अभियाेगमा प्रहरीले जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुरको लिम्चुङ्बुङ गाउँपालिका-४ का ३१ वर्षीय विश्वराज राई रहेका छन् ।

राईले गाली गलौज गरेको र महिलासँग प्रेम सम्बन्धमा हुँदा खिचेका नग्न भिडिओ तथा तस्वीरहरू महिलाका आफन्तहरूलाई पठाउँदै चरित्र हत्या गरेको भन्दै पीडित महिलाले उजुरी दिएकी थिइन् ।

पक्राउ परेका राईलाई जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको साइबर ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक दीपकराज अवस्थीले जानकारी दिएका छन् ।


प्रतिक्रिया

ताजा खबर

More