दुग्ध उत्पादक र प्रभु बैंकबीच किसान लक्षित ऋण कर्जा प्रवाहसम्बन्धी समझदारी
![](https://liveofnepal.net/wp-content/uploads/2025/02/IMG-20250207-WA0006.jpg)
काठमाडौं, माघ २५ ।
माननीय कृषिमन्त्री रामनाथ अधिकारीले उद्घाटन गर्नुभएको प्रथम राष्ट्रिय डेरी एक्स्पो २०८१ समारोहमा चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेड र नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजत पत्र प्राप्त संस्था प्रभु बैंक लिमिटेडले किसान वर्गलाई लक्षित गरी ऋण कर्जा प्रवाह गर्ने समझदारी पत्रमा हस्ताक्षर गरिएको छ ।
उक्त समझदारी पत्रमा चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडको तर्फबाट संस्थाका अध्यक्ष किशोर बगाले र प्रभु बैंक लिमिटेडको तर्फबाट प्रदेश प्रमुख सांग्रीला श्रेष्ठले संयुक्त रूपमा हस्ताक्षर गरेका हुन् ।
त्यसैगरी, ग्राहकहरूको रोजाईको अग्रणी बैंकको रूपमा रहेको तथा हालसालै ‘बैंक अफ द इयर २०२३’ को उपाधीबाट सम्मानित प्रभु बैंकका नेपालभर ३ सय ११ वटा शाखा कार्यालयहरू, २ सय ८४ वटा एटीएम मेसिनका साथै ६९ वटा एक्सटेन्सन काउण्टरमार्फत् करिब ३५ लाखभन्दा बढी ग्राहकहरूलाई ‘विश्वास लिन्छौँ, विश्वास दिन्छौँ’ भन्ने मूल नाराका साथ बैंकिङ्ग एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधिमार्फत् गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी बैंकको रूपमा अगाडि बढिरहेको छ । साथै प्रभु बैंक फिनाकल ईन्फोसिस ईनोभेशन गोल्ड-२०२४ अवार्डबाट पनि सम्मानित भइसकेको बैंकले एक प्रेस विज्ञप्ति जारी गरी जनाएको छ ।
प्रतिक्रिया