ललितपुरस्थित बालकुमारी मन्दिरमा चोरी, चोरहरू क्यामरामा कैद

प्रकाशित मिति: १४ मंसिर २०७९, बुधबार १५:५०


ललितपुर, मंसिर १४ ।
ललितपुरको लेलेस्थित जलकुमारी बालकुमारी मन्दिरमा चोरी भएको छ ।

आज गोदावरी नगरपालिका–५ मा रहेको मन्दिरमा भएका ३३ कोटी देवताका आकृतिमध्ये २५ वटा चोरी भएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।

मध्यराति १ बजेर २२ मिनेटको समयमा दुई जना चोर मन्दिरको ताला फोडेर भित्र पसेको सीसीटिभी फुटेजमा पनि देखिएको प्रहरीको भनाई छ ।

अहिले घटनास्थलमा परिसरबाट डीएसपी दीपक भारतीको नेतृत्वमा टोली खटिएको छ । प्रहरी वृत्त चापागाउँ र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट पनि टोली खटिएको प्रहरीले बताएको छ ।

बिहान करिब ६ बजेतिर मन्दिरका पुजारी पूजा गर्न जाँदा ढोकाको ताला फोडिएको अवस्थामा फेला परेपछि प्रहरीलाई बोलाइएको वडाध्यक्ष मिलन सिलवालले जानकारी दिएका छन् ।

अहिले चोरी भएका देवताका आकृतिहरू नयाँ स्थापना गरिएको हुँदा धेरै पुरानो नभएको उनले बताए । अहिले प्रहरी चोरको पहिचान गर्नमा लागेको छ ।

चोरी भएका आकृतिहरू २००–३०० ग्रामका र चार–पाँच इञ्च लम्बाइ र चौडाइ भएका छन् । उक्त आकृति तामाबाट बनेका हुन् ।


प्रतिक्रिया

ताजा खबर

More

सञ्चारकर्मी रजकलाई शहीद घोषणा र उचित क्षतिपूर्ति माग, अर्को ज्यान गुमाएका महर्जन बेवारिसे !

काठमाडाैं, चैत १७ । नेवाः पत्रकार राष्ट्रिय दबूले राजावादीको प्रदर्शनमा मारिएका.....