काठमाडाैं जिल्ला प्रशासनले कर्फ्युकाे समय थप गरेर शनिबार बिहान ७ बजेसम्मकाे लागि लागू

काठमाडाैं, चैत १५ ।
काठमाडौं जिल्ला प्रशासनले काठमाडौंमा जारी रहेकाे कर्फ्युको समय पुनः थप गरेको छ । प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीकाअनुसार भोलि शनिबार बिहान ७ बजेसम्मका लागि कर्फ्युको समयावधि थप गरिएको हो ।
राजावादीहरूको प्रदर्शन उग्र बनेपछि प्रशासनले काठमाडौंको तीनकुनेसहितका क्षेत्र तोकेर आज शुक्रबार राति १० बजेसम्मका लागि कर्फ्यु आदेश गरेको थियो ।
शान्तिनगर पुलदेखि मनोहरा खोला पुलसम्मका पाँच स्थान तोकेर जारी भएको कर्फ्यु आदेश भोलि बिहान ७ बजेसम्मका लागि थप भएको हो ।
कर्फ्यु आदेश जारी गर्नुअघि प्रहरीले माइकिङ गरेको थियो । कर्फ्यु नै जारी भइसकेपछि पनि प्रदर्शनकारीहरूले काठमाडौंका विभिन्न ठाउँमा तोडफोड र आगजनीसँगै निरन्तर रूपमा अवज्ञा गर्दै अगाडि बढिरहेकै कारण यसाे गरेका हुन् ।
प्रतिक्रिया