काठमाडाैंकाे तीनकुने र आसपासका क्षेत्रमा राति १० बजेसम्म कर्फ्यु जारी (सूचनासहित)

काठमाडाैं, चैत १५ ।
काठमाडौं महानगरपालिकाको तीनकुनेसहित आसपासका क्षेत्रहरूमा आज शुक्रबार दिउँसाेदेखि कर्फ्यु आदेश जारी गरिएको छ । राजावादीको व्यापक प्रदर्शनले उग्र रूप लिएसँगै जिल्ला प्रशासन कार्यालय काठमाडौंले कर्फ्यु आदेश जारी गरेको हो ।
कर्फ्यु आज अपराह्न ४ः२५ बजेदेखि राति १० बजेसम्म लागू गरिएको प्रमुख जिल्ला अधिकारी ऋषिराम अधिकारीले जानकारी दिएका छन् ।
साेही अवधिमा ताेकिएकाे स्थानमा कुनै पनि प्रकारकाे भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ आदि गर्न नपाइने सूचनामा उल्लेख गरिएकाे छ । यसैगरी, आवत-जावत पनि गर्न नपाइने सूचनामा उल्लेख छ ।
कर्फ्यु गाैशालादेखि एयरपाेर्ट, गैरीधारा, तीनकुने हुँदै काेटेश्वर, काेटेश्वरदेखि जडीबुटी पुल, काेटेश्वरबाट बालकुमारी पुलसम्म, बानेश्वरदेखि शंखमूल पुलसम्म र गाैशाला चाेकदेखि पुरानाे बानाेश्वर हुँदै नयाँ बानेश्वर चाेकसम्म लगाइएकाे प्रशासनले जनाएकाे छ ।
प्रतिक्रिया