तीनकुनेमा प्रदर्शनका क्रममा गाेली लागेर कीर्तिपुरका २९ वर्षीय महर्जनकाे मृत्यु, गाेली लागेका थप तीनकाे उपचार हुँदै

प्रकाशित मिति: १४ चैत्र २०८१, शुक्रबार १८:०६


काठमाडाैं, चैत १५ ।
काठमाडौं महानगरपालिकाको तीनकुनेमा आज शुक्रबार राजतन्त्र समर्थकहरूको प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच भएकाे झडपका क्रममा एक जनाको मृत्यु भएको छ ।

प्रहरीको गोली लागि घाइते भएका कीर्तिपुरका २९ वर्षीय सविन महर्जनको उपचारका क्रममा त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको हो । प्रहरीको गोली लागि घाइते भएका तीन जनाको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । घाइते हुनेमा दिल्ली प्रसाद लुइँटेल, गणेश तामाङ र श्याम दर्जी रहेका छन् ।

तीनकुने क्षेत्रमा राजतन्त्र समर्थकहरूले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले बल प्रयोग गरेको थियो । सोही क्रममा प्रहरीले अश्रु ग्याँस र पानीको फोहोरा प्रहार गरेको थियो । प्रदर्शनकारीले प्रहरीमाथि ढुङ्गामुढा गर्नुका साथै निजी घरमा तोडफोड र आगजनीसमेत गरेका थिए । प्रदर्शनकारीले आगलागी नियन्त्रणका लागि गएको दमकलमाथि समेत आक्रमण गरेपछि प्रहरीले हवाई फायरसमेत गर्नु परेकाे थियाे ।

प्रदर्शनकारीहरूले नेकपा एकीकृत समाजवादीको आलोकनगरमा रहेको कार्यालय, कोटेश्वर भाटभटेनी, सिनामंगलस्थित नागरिक उड्डयन कार्यालय पनि तोडफोड गरेका छन् । तीनकुनेमा राजवादीहरूले गणतन्त्र खारेज र राजसंस्था पुनर्स्थापनाकाे मागसहित आज सभा आयोजना गरेका थिए । तर, प्रहरीसँगको झडपपछि कार्यक्रम नै बिथोलिएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

मध्यपुर थिमिमा जेठ २५ र २६ गते दाेश्राे हक्की च्याम्पियनशीप हुने (फाेटाेफिचर)

काठमाडाैं, जेठ २५ । वागमती प्रदेश हक्की संघको आयोजनामा यही जेठ २५ र २६ गते आइतबार र साेमबार.....

प्रभु बैंक र होटल यार्शाबीच छुटसम्बन्धी सम्झौता

काठमाडाैं, जेठ २५ । नेपाल राष्ट्र.....