राप्रपाका नेताद्वय मिश्र र जबरासहित स्वागत नेपाल पक्राउ, राजसंस्थाका संयाेजक सुवेदी घरमै नजरबन्दमा

प्रकाशित मिति: १४ चैत्र २०८१, शुक्रबार २३:१०


काठमाडाैं, चैत १५ ।
राप्रपाका नेताद्वय रविन्द्र मिश्र र धवल शमशेर जबरा पक्राउ परेका छन् ।

उनीहरूलाई काठमाडौंबाट पक्राउ गरिएको हो । आज शुक्रबार काठमाडौंको तीनकुनेमा उपस्थित भएर हिंसात्मक आन्दोलन गरेको आरोपमा उनीहरूलाई पक्राउ गरेका हुन् ।

मिश्रले यसअघि पनि पटक-पटक मुलुक बंगलादेश, सिरिया बन्ने गम्भीर अभिव्यक्ति दिँदै आएका थिए ।

प्रहरी परिसरका एक उच्च अधिकारीले दिएको जानकारीअनुसार पक्राउ पर्नेमा स्वागत नेपाल पनि रहेका छन् ।

उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेर उनीहरूलाई टेकुमा राखिएको छ ।

ती प्रहरी अधिकारीले दिएको जानकारीअनुसार राजसंस्था पुनःस्थापना संघर्ष समितिका संयोजक नवराज सुवेदीलाई पनि घरमै नजरबन्दमा राखिएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

मध्यपुर थिमिमा जेठ २५ र २६ गते दाेश्राे हक्की च्याम्पियनशीप हुने (फाेटाेफिचर)

काठमाडाैं, जेठ २५ । वागमती प्रदेश हक्की संघको आयोजनामा यही जेठ २५ र २६ गते आइतबार र साेमबार.....

प्रभु बैंक र होटल यार्शाबीच छुटसम्बन्धी सम्झौता

काठमाडाैं, जेठ २५ । नेपाल राष्ट्र.....