डिडिसी दुधकाे मूल्य प्रति प्याकेट ५ रुपैयाँ ५० पैसाले बढेसँगै अबदेखि ४८ रुपैयाँ ५० पैसा

प्रकाशित मिति: १ चैत्र २०७९, बुधबार २०:०२


काठमाडाैं, चैत १ ।
दुग्ध विकास संस्थानले डिडिसी दुधको मूल्य पुनः बढाएको छ । संस्थानले डिडिसी दुधको मूल्य प्रति प्याकेट ५ रुपैयाँ ५० पैसा बढाएर ४८ रुपैयाँ ५० पैसा पुर्‍याएको हो । यो मूल्य भाेलि चैत २ गते बिहीबारदेखि लागू हुने संस्थानका निमित्त उपमहाप्रबन्धक तथा सूचना अधिकारी राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिएका छन् ।

यसअघि, संस्थानले बिक्री गर्दै आएको डिडिसी दुधको मूल्य प्रति प्याकेट ४३ रुपैयाँ रहेकाे थियो । उपभोक्ताले अब डिडिसी दुध एक प्याकेट खरिद गर्दा ४८ रुपैयाँ ५० पैसा तिर्नु पर्ने भएकाे छ ।

तर, लिटरमा भने डिडिसी दुधको मूल्य ११ रुपैयाँले वृद्धि भएको अधिकारीले बताए । मूल्यवृद्धि हुनुअघि डिडिसी दुधको मूल्य प्रति लिटर ८६ रुपैयाँ थियो भने भाेलि बिहीबारदेखि प्रति लिटर ९७ रुपैयाँ पर्ने भएकाे छ ।

डिडिसीले काठमाडौं उपत्यकामा ४ किसिमका दुधहरू बिक्री बितरण गर्दै आएको छ । अरू दुधको मूल्य भने अहिले तत्काललाई नआएको अधिकारीले बताए ।


प्रतिक्रिया

ताजा खबर

More

कंगाेमा भारी वर्षाका कारण करिब ३० जनाकाे मृत्यु

एजेन्सी, चैत २५ । कंगो लोकतान्त्रिक गणतन्त्रको राजधानी किन्सासामा आएको मुसलधारे वर्षाले.....