देश निर्माण युवा समाजद्वारा १ सय ३४ औँ श्रमिक दिवस कार्यक्रम सम्पन्न (फाेटाेफिचर)

प्रकाशित मिति: १८ बैशाख २०८०, सोमबार १६:३२


काठमाडाैं, बैशाख १८ ।
“देश निर्माण युवा समाज नेपाल”द्वारा आज विभिन्न नारा लेखिएका प्ले कार्ड बाेकेर नारा लगाउँदै काेपुण्डाेल कानदेवतास्थानदेखि काठमाडाैंकाे माइतीघर मण्डलासम्म र्‍याली निकाल्दै १ सय ३४ औँ अन्तर्राष्ट्रिय मजदुर दिवस सफलतापूर्वक सम्पन्न गरेकाे छ ।

‘भाषणकाे बदलामा मजदुरकाे पक्षमा काम गरियाेस्’ भन्ने मूल नारासहित निकालिएकाे उक्त र्‍यालीमा क्रमशः आ-आफ्नाे मन्तव्य राख्ने क्रममा संस्थाका संस्थापक अध्यक्ष खेमबहादुर बुढाथाेकी ‘शिशिर’, संस्थापक उपाध्यक्ष रामकुमार पुराकाेटी, संस्थाका सदस्य हरिप्रसाद तिमल्सिना, संस्थापक सल्लाहकार गाेकुल थापा र भराेसा नेपाल संस्थाकी लिला महर्जनलगायतले १ सय ३४ औँ अन्तर्राष्ट्रिय मजदुर दिवस सफलतापूर्वक कार्यक्रम सम्पन्न गर्न पाएकाेमा खुसी व्यक्त गरेका थिए । याे कार्यक्रम अब हामीले औपचारिकतामा मात्र सीमित नगरिकन वास्तविक श्रमिकहरूलाई सबैले आफूले सक्ने सहयाेग, उनीहरूकाे मागलगायतलाई सम्बन्धित निकायसम्म पुर्‍याउन पनि सबैले सक्दाे सहयाेग गर्नुपर्ने बताउँदै श्रमिकहरूकाे उचित सम्मान देशले नदिएसम्म हामीले चुप लागेर बस्न नहुने बताउँदै यस कार्यमा सबैले हात्तेमालाे गर्दै साथ दिनु पर्ने बताएका छन् ।





प्रतिक्रिया

ताजा खबर

More

कामपाको धुम्बाराहीमा एकापसमा सवारी ठोक्किँदा २८ वर्षीय युवकको मृत्यु

काठमाडाैं, बैशाख १८ । काठमाडौंको धुम्बाराहीमा मोटरसाइकल र स्कुटर एकापसमा ठोक्किँदा एक.....