संयुक्त विद्यार्थी संगठनद्वारा काठमाडाैंमा ‘अखण्ड भारत’काे व्यापक विराेध प्रदर्शन (फाेटाेफिचर)

प्रकाशित मिति: १७ जेष्ठ २०८०, बुधबार १९:०८


काठमाडाैं, जेठ १७ ।
भारतको नयाँ संसद् भवनमा ‘अखण्ड भारत’को नक्सामा नेपालको लुम्बिनी र कपिलवस्तुलगायतका भूमिसमेत राखिएको विरोधमा संयुक्त विद्यार्थी संगठनले प्रदर्शन गरेका छन् ।

उनीहरूले अखण्ड भारतको नक्सा पनि जलाएका छन् । आइतबार उद्घाटन भएको भारतको नयाँ संसद् भवनमा ‘अखण्ड भारत’को नक्सा भित्तामा अंकित भएको विषयमा नेपालको सरकारी पक्ष भने मौन रहेकाे छ ।

प्रधानमन्त्रीको भारत भ्रमणको पूर्वसन्ध्यामा प्रतिक्रिया जनाउँदा प्रधानमन्त्रीको भ्रमणमा असर पर्ने भएकाले तत्काल यसमा कुनै प्रतिक्रिया नजनाउने रणनीति लिएको हो । प्रधानमन्त्री प्रचण्डले जेठ १७ गते आज बुधबारदेखि चार दिने भ्रमणका लागि भारतमा छन् ।

नक्सामा ‘अखण्ड भारत’ भन्दै नेपालको लुम्बिनी र पाकिस्तानको तक्षशीलासम्मका क्षेत्रलाई समावेश गरिएको छ । अखण्ड भारतमा भारत वर्षका पुराना राज्य र शहरलाई समावेश गरिएको बताइँदै आएको छ ।

भारतका संसदीय मामिला मन्त्री प्रल्हाद जोशीले अखण्ड भारत अंकित मुरालको फोटो राख्दै ‘दृढता स्पष्ट छ- अखण्ड’ भारत भन्दै ट्विट गरेका छन् । बीजेपी सांसद् मनोज कोडाकले ‘अखण्ड भारत’ले शक्तिशाली र आत्मनिर्भर भारत भन्दै ट्वीट गरेका छन् । ‘नयाँ संसद् भवनमा अखण्ड भारत । यसले हाम्रो शक्तिशाली तथा आत्मनिर्भरताको प्रतिनिधित्व गर्छ,’ उनले लेखेका छन् ।





प्रतिक्रिया

ताजा खबर

More

क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको शेयर निष्काशन सम्झौता

काठमाडाैं, बैशाख १८ । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको प्रथम वार्षिक साधारण.....