आमाकाे उपचारकाे क्रममा मृत्युपछि छाेराले नर्स श्रेष्ठमाथि हातपात

प्रकाशित मिति: ५ भाद्र २०८०, मंगलवार १४:१४


काठमाडाैं, भाद्र ५ ।
चितवनको कलेज अफ मेडिकल साइन्सेज (पुरानो मेडिकल कलेज) टिचिङ अस्पतालमा कार्यरत नर्स र सुरक्षा गार्डमाथि आक्रमण भएको छ । आफ्नी आमाको उपचारका क्रममा मृत्यु भएपछि आवेगमा आएका छोराले नर्स तथा सुरक्षा गार्डमाथि सोमबार हातपात गरेका हुन् ।

आईसीयूमा राखी फोक्सोको क्यान्सरको उपचार गराइरहेकी आमाको मृत्युपछि मकवानपुरका रोशन सुनारले आईसीयूमा छिरेर त्यहाँ कार्यरत नर्स जस्मिना श्रेष्ठमाथि हातपात गरेका थिए ।

सहकर्मीमाथि आक्रमण भएपछि त्यहाँ कार्यरत चिकित्सक तथा नर्सले उनलाई समाउन खोजेका थिए । तर, उम्केर उनी गेटसम्म पुगे । त्यहाँ खटिएका सुरक्षा गार्डले उनलाई समाउन खोजे, तर उनले झोलाबाट धारिलो बस्तु झिकेर हातै काटिदिएका थिए ।

कलेजका सीईओ डा. सुप्रभात श्रेष्ठले अहिले रोशनलाई प्रहरीको जिम्मा लगाइएको बताए ।

उपचाररत बिरामीको अवस्थाका बारेमा अस्पताल र चिकित्सकले नियमित रूपमा बिरामी पक्षलाई जानकारी गराइएको डा. श्रेष्ठको भनाई रहेकाे छ । अस्पतालको ब्रिफिङअनुसार मृतकका पतिले सहज रूपमा लिए पनि छोरा आवेगमा आएको डा. श्रेष्ठको भनाई थियाे ।


प्रतिक्रिया

ताजा खबर

More

वरिष्ठ पत्रकार रिसालको निधन, शरीर पाटन अस्पताललाई दान दिने निर्णय

काठमाडाैं, चैत २४ । वरिष्ठ पत्रकार भैरव रिसालको ९७ वर्षको उमेरमा निधन भएको छ । आज आइतबार.....