नेपाली जुत्ता चप्पल उत्पादक समूहद्वारा न्यूरोडमा नेपाली जुत्ताघरको उद्घाटन

प्रकाशित मिति: १६ कार्तिक २०८०, बिहीबार १९:२६


काठमाडौं, कार्तिक १६ ।
नेपाली जुत्ता चप्पल उत्पादक समूहद्धारा “नेपाली उत्पादनको प्रबर्द्धन हाम्रो अभियान” भन्ने मूल नारासहित नेपाली ब्राण्डका जुत्ता चप्पलको सामूहिक साेरुम न्यूरोड नेपाली जुत्ताघरको उद्घाटन गरिएको छ । यस सामूहिक साेरुमको उद्घाटन प्रतिनिधि सभा सदस्य माननीय लालप्रसाद सावा लिम्बुले गरेका हुन् ।

साेरुमका सफलताका लागि शुभकामना दिँदै माननीय लिम्बुले नेपाली उत्पादनको प्रबर्द्धनका लागि सक्दो सहयोग गर्ने र नीतिगत रूपमा सिङ्गो उत्पादन क्षेत्रलाई अगाडि बढाउनका लागि महत्वपूर्ण भूमिका निभाउने कुरा बताए । साथै उद्योगमार्फत् रोजगारी सिर्जना गरी आर्थिक रूपमा योगदान पुर्‍याउनु भएकोमा जुत्ता उत्पादक उद्योगी व्यावसायीहरूलाई धन्यवाद ज्ञापन गरे । उद्घाटन कार्यक्रममा उद्योग बाणिज्य महासंघका पूर्वकार्यकारी सदस्य, वर्तमान कार्यकारी सदस्य तथा फुटवेयर व्यावसायीहरूको उपस्थिति रहेको थियो ।

स्वदेशी उत्पादनलाई प्रबर्द्धन गर्ने उद्देश्यले नेपाली जुत्ता उत्पादक समूहद्वारा सामूहिक साेरुम अवधारणअन्तर्गत खोलिएको उक्त न्यूरोड नेपाली जुत्ताघर चौथो साेरुम हो । यसअघि पोखरा, बुटबल र जनकपुरमा गरी तीन वटा सामूहिक साेरुमको उद्घाटन गरिसकेको छ । साथै आगामी दिनमा देशभरका विभिन्न स्थानहरूमा नयाँ साेरुमहरू खोल्ने र उपभोक्ताहरूलाई गुणस्तरीय उत्पादनहरू उपलब्ध गराउने जानकारी गराए । न्यूरोड नेपाली जुत्ता घरमा बी.एफ डियर हिल र बी.एफ स्पोर्ट, क्रस रोड, –रोयल शुज, फस्टवाक शुज, डि.जे. शुज, कोशेली सुज, रन शुज र स्मार्ट शुज गरी ८ वटा ब्राण्डका आधुनिक तथा गुणस्तरीय जुत्ता चप्पलहरू आकर्षक छुटमा उपलब्ध रहेकाे एक प्रेस विज्ञप्तिमार्फत् जानकारी गराएका छन् ।



प्रतिक्रिया

ताजा खबर

More

क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको शेयर निष्काशन सम्झौता

काठमाडाैं, बैशाख १८ । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको प्रथम वार्षिक साधारण.....