नेपाल पेमेन्ट साेल्युशनकाे शेयर निष्काशन बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल नियुक्त

प्रकाशित मिति: ११ माघ २०८०, बिहीबार २०:०४


काठमाडाैं, माघ ११ ।
नेपाल पेमेन्ट सोल्युशन लिमिटेडले प्रति शेयर १०० रुपैयाँ अंकित दरको ३,०५,६०० कित्ता साधारण शेयर सर्वसाधारणहरूमा निष्काशन गर्नको लागि लक्ष्मी सनराइज क्यापिटल (एलएस क्यापिटल) लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

उक्त सम्झौता-पत्रमा नेपाल पेमेन्ट सोल्युशन लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत लोकराज शर्मा तथा लक्ष्मी सनराइज क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजयलाल श्रेष्ठले संयुक्त रूपमा हस्ताक्षर गरेका छन् । नेपाल पेमेन्ट सोल्युशन लिमिटेड नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागद्वारा डोमेस्टिक क्लियरिङ र सेटलमेन्टको लागि इजाजत पत्र प्राप्त स्वचालित क्लियरिङ हाउससमेत हाे ।


प्रतिक्रिया

ताजा खबर

More

सप्तरीमा भीषण आगलागी हुँदा सयभन्दा बढी घर जलेर नष्ट, तीब्र गतिकाे हावाका कारण ठूलाे क्षति

काठमाडाैं, बैशाख १८ । सप्तरीको महादेवा गाउँपालिकामा भीषण आगलागी भएको छ । उक्त आगलागीबाट एक.....