माउन्टेन ग्लोरी लिमिटेडकाे साधारण शेयर निष्काशनसम्बन्धी सम्झौता

प्रकाशित मिति: १२ माघ २०८०, शुक्रबार १८:३०


काठमाडाैं, माघ १२ ।
विगत ८ वर्षदेखि दोभिल्ला, पोखरास्थित माउन्टेन ग्लोरी फोरेष्ट रिसोर्ट एण्ड स्पा सञ्चालन गरी आएको माउन्टेन ग्लोरी लिमिटेडले सर्वसाधारणहरूको लागि रु. १००/- अंकित दरको ४०,००,००० कित्ता साधारण शेयर निष्काशन गर्नका लागि लक्ष्मी सनराइज बैंकको सहायक कम्पनी एल एस क्यापिटल लिमिटेड (LS Capital Ltd), नयाँ बानेश्वर, काठमाडौंलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिएको छ ।

साधारण शेयर निष्काशन कार्यको लागि कम्पनीको तर्फबाट अध्यक्ष सुनिलभक्त श्रेष्ठ तथा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजयलाल श्रेष्ठकाबीच दुई पक्षीय सम्झौता पत्रमा हस्ताक्षर गरी निकट भविष्यमा उक्त साधारण शेयर निष्काशन गरिने सम्झौता गरिएकाे हाे ।

जारी पूँजी रु. १ अर्ब ५० करोड रहेको माउन्टेन ग्लोरी लिमिटेडले पोखराको दोभिल्लास्थित करिब ७० रोपनी क्षेत्रफलमा फैलिएको ६४ कोठासहितकाे विशेष सुविधा सम्पन्न रिजोर्टको रूपमा माउन्टेन ग्लोरी फोरेष्ट रिसोर्ट एण्ड स्पा सञ्चालन गरी सुविधा उपलब्ध गराउँदै आएको छ । निकट भविष्यमा शेयर निष्काशनपश्चात् कोठाहरू थप गरी विदेशी होटलसँग अनुबन्धन गरेपश्चात पाँच तारे होटलको रूपमा सेवा उपलब्ध गराउने योजनासमेत कम्पनीले एक प्रेस विज्ञप्ति जारी गरी जनाएकाे छ ।


प्रतिक्रिया

ताजा खबर

More

काठमाडाैंकाे वायु प्रदूषण बढ्दाे : अनिवार्य मास्क लगाउन आग्रह

काठमाडाैं, बैशाख १८ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हाल काठमाडौं उपत्यकामा वायु.....