नेपाली वैज्ञानिक डा. प्रेरणा श्रेष्ठलाई अमेरिकामा रु. २९ करोड २५ लाखको अनुसन्धान वृत्ति

प्रकाशित मिति: १६ माघ २०८०, मंगलवार १२:२६


काठमाडाैं, माघ १६ ।
नेपाली वैज्ञानिक डा. प्रेरणा श्रेष्ठलाई अमेरिकामा २९ करोड २५ लाख रुपैयाँ बराबरको अनुसन्धान वृत्ति दिने भएकाे छ ।

अमेरिकामा लामो समयदेखि अध्यापनरत श्रेष्ठलाई अमेरिकी सरकारी निकाय नेशनल इन्ष्टिच्युट अफ मेन्टल हेल्थले २२ लाख डलर अर्थात् २९ करोड २५ लाख रुपैयाँ बराबरको रकम उपलब्ध गराउने भएको हो ।

उनी हाल न्यूयोर्कको स्टोनी ब्रुक युनिभर्सिटीमा न्यूरो बायोलोजी एण्ड बिहेबियर विभागमा अध्यापनरत छन् । सूक्ष्म कोषिका र त्यसअनुसार निर्मित प्रोटिनहरूले मानव मस्तिष्कलाई कसरी क्रियाशील बनाउँछ भन्ने विषयमा श्रेष्ठको टोलीले अध्ययन गर्नेछ ।

गम्भीर दुर्घटनापछिको मनोवैज्ञानिक सन्त्रास मानवमा आजीवन समस्याका रूपमा रही रहन सक्छ । भविष्यमा यस्ता समस्यामा रहेका मानिसको उपचारमा यो अध्ययन सहयोगी हुने श्रेष्ठले बताएकी छन् । उनले आफ्नो अनुसन्धान मानव मस्तिष्कमा कसरी भावनात्मक स्मरण लामो समयसम्म रहन्छ भन्नेमा केन्द्रित रहने बताएकी छन् ।

डा. श्रेष्ठले सन् २०११ मा रकफेलर युनिभर्सिटीबाट जीवन विज्ञान विषयमा विद्यावारीधिसमेत गरेकी थिइन् ।


प्रतिक्रिया

ताजा खबर

More

सप्तरीमा भीषण आगलागी हुँदा सयभन्दा बढी घर जलेर नष्ट, तीब्र गतिकाे हावाका कारण ठूलाे क्षति

काठमाडाैं, बैशाख १८ । सप्तरीको महादेवा गाउँपालिकामा भीषण आगलागी भएको छ । उक्त आगलागीबाट एक.....