झ्यामोलोङ्गमा हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको साधारण शेयर निष्काशन सम्झाैता

प्रकाशित मिति: २४ माघ २०८०, बुधबार १८:५२


काठमाडाैं, माघ २४ ।
माछापुच्छ्रे, गाउँपालिका, कास्की जिल्लामा ३२ मेगावाट क्षमता रहेको करुवा सेती हाइड्रोपावर आयोजना निर्माण गरी आइरहेको झ्यामोलोङ्गमा हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सर्वसाधारणहरूको लागि निष्काशन गरिने रु. १००/- अंकित दरको साधारण शेयर ५१,००,००० कित्ता (आयोजना प्रभावित क्षेत्रका स्थानीयबासी, नेपाल सरकारको सम्बन्धित नियकाबाट श्रम स्वीकृति लिई विदेशमा रोजगारी गरिरहेका नेपाल नागरिकहरू तथा सर्वसाधारणसमेत) का लागि निष्काशन गर्न एल एस क्यापिटल लिमिटेड (LS Capital), नयाँ बानेश्वर, काठमाडौंलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिएको छ ।

साधारण शेयर निष्काशन कार्यको लागि कम्पनीको तर्फबाट कार्यकारी सञ्चालक सुनिल नारायण श्रेष्ठ तथा एल एस क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजयलाल श्रेष्ठकाबीच कम्पनीको करर्पाेरेट कार्यालय काेपुण्डाेल, लिलितपुरमा द्विपक्षीय सम्झौता पत्रमा हस्ताक्षर गरी निकट भविश्यमा उक्त साधारण शेयर निष्काशन गरिने सम्झौता गरिएकाे छ ।

जारी पूँजी रु. २ अर्ब ५५ करोड रहेको झ्यामोलोङ्गमा हाइड्रोपावर डेभलपमेन्ट लिमिटेडले करुवा सेती हाइड्रोपावर आयोजना निर्माण कार्य करिब ८५ प्रतिशत सम्पन्न गरिसकेको छ । उक्त कम्पनीको आयोजना निर्माण कार्य सम्पन्न भएपश्चात् यसै आर्थिक वर्षभित्र विद्युत उत्पादन गरेर राष्ट्रिय प्रशारण लाइनमा जोडी विद्युत वितरण योजनासमेत कम्पनीले एक प्रेस विज्ञप्ति जारी गरी जनाएकाे छ ।


प्रतिक्रिया

ताजा खबर

More

सप्तरीमा भीषण आगलागी हुँदा सयभन्दा बढी घर जलेर नष्ट, तीब्र गतिकाे हावाका कारण ठूलाे क्षति

काठमाडाैं, बैशाख १८ । सप्तरीको महादेवा गाउँपालिकामा भीषण आगलागी भएको छ । उक्त आगलागीबाट एक.....