रिलायबल नेपाल लाइभ इन्स्याेरेन्सकाे साताैँ वार्षिक साधारण सभा सम्पन्न

प्रकाशित मिति: २९ माघ २०८०, सोमबार १७:५२


काठमाडाैं, माघ २९ ।
रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले आज साेमबार कम्पनीको सातौँ वार्षिक साधारण सभा कम्पनीका अध्यक्ष उदय नेपाली श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको छ । सभाले नियमित एजेण्डाहरू सञ्चालक समितिको चौथो वार्षिक प्रतिवेदन, आ.व. २०७९/०८० को सहायक कम्पनी रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेण्ट क्यापिटल लिमिटेडसहितको एकीकृत वित्तीय विवरणहरू, लेखा परीक्षकको नियुक्तिका साथ शेयर धनीहरूलाई १६ प्रतिशत बाेनस शेयर र शून्य दशलमव ८४ प्रतिशत नगद लाभांश पारित तथा सोही अनुरूप पूँजी वृद्धि गर्ने र प्रबन्ध-पत्रका सम्बद्ध दफाहरू संशोधन गर्ने साधारण तथा विशेष प्रस्तावहरूसमेत पारित गरेको छ ।

वार्षिक साधारण सभाबाट कम्पनीमा पहिलो पटक सर्वसाधारण शेयर धनीहरूको तर्फबाट देहाय बमोजिमका सञ्चालकहरू निर्विरोध निर्वाचित भएका छन् ।

निर्विरोध निर्वाचित सञ्चालकहरू :
१. डा. भिष्म कार्की
२. दिवेश लोहनी

यसै वर्ष सर्वसाधारणमा प्रिमियममा शेयर जारी गरेको कम्पनीको चुक्ता पूँजी रु. ४ अर्ब ६४ करोड पूरा भएको छ ।

वार्षिक साधारण सभामा शेयर धनीहरूले राखेका जिज्ञासाहरू उपर कम्पनीका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतहरूले जवाफ दिएका थिए ।

यसै उपलक्ष्यमा कम्पनीलाई यहाँ सम्म पुर्‍याउन सहयोग गर्नु हुने बीमित, अभिकर्ता, एजेन्सी म्यानेजर, नियमनकारी निकाय, शेयरधनीहरू, कर्मचारी, पत्रकार तथा सम्पूर्ण शुभचिन्तक तथा सरोकारवाला महानुभावहरूमा हार्दिक धन्यबाद ज्ञापन गर्दै आगामी दिनहरूमासमेत सहयोग तथा विश्वासको अपेक्षा गरेको कम्पनीले एक प्रेस विज्ञप्ति जारी गरी जनाएकाे छ ।


प्रतिक्रिया

ताजा खबर

More

नक्कली ड्राइभिङ लाइसेन्स बनाएकाे अभियाेगमा सरकारी कर्मचारी पक्राउ

काठमाडाैं, बैशाख १८ । नक्कली सवारी चालक अनुमति पत्र अर्थात् ड्राइभिङ लाइसेन्स बनाएको.....