रुसमा भएकाे विमान दुर्घटनामा परी कम्तीमा पनि १५ जनाकाे मृत्यु

प्रकाशित मिति: १ चैत्र २०८०, बिहीबार ०८:४८


एजेन्सी, चैत्र १ ।
मस्कोको उत्तरपूर्वी इभानोभो क्षेत्रको कब्रिस्ताननजिकै रुसी सैन्य कार्गो विमान दुर्घटना हुँदा कम्तीमा पनि १५ जनाको मृत्यु भएको छ । उडानपछि विमानको एउटा इन्जिनमा आगो लागेपछि आइएल-७६ विमान जंगलमा खसेको जनाएको छ ।

सैन्य कार्गो विमान दुर्घटना हुँदा जहाजमा ८ जना चालक दलका सदस्य र ७ यात्रुसहित १५ जना सवार रहेका थिए । यात्रुहरूको परिचय तथा गन्तव्य भने अझैसम्म पनि स्पष्ट हुन सकेको छैन ।

अनलाइन समाचार माध्यामहरूले भने दुर्घटनामा पर्ने सबैको मृत्यु भएको रिपोर्ट गरेका छन् ।

‘मस्कोको स्थानीय समयानुसार दिउँसो १ बजे एक आइएल-७६ सैन्य यातायात विमान इभानोवो क्षेत्रमा निर्धारित उडानको लागि टेक अफ गर्दा दुर्घटनाग्रस्त भएको राज्यद्वारा सञ्चालित तास समाचार एजेन्सीले उदृत गरेको छ ।

इन्जिनमा आगलागी लागेका कारण दुर्घटना भएको मन्त्रालयले एक विज्ञप्ति जारी गरी जानकारी गराएको छ । ‘सेभर्नी’ शिविरबाट विमानले उडान भरेलगत्तै इन्जिनमा आगो लागेको विज्ञप्तिमा उल्लेख गरिएकाे छ ।


प्रतिक्रिया

ताजा खबर

More

सप्तरीमा भीषण आगलागी हुँदा सयभन्दा बढी घर जलेर नष्ट, तीब्र गतिकाे हावाका कारण ठूलाे क्षति

काठमाडाैं, बैशाख १८ । सप्तरीको महादेवा गाउँपालिकामा भीषण आगलागी भएको छ । उक्त आगलागीबाट एक.....