वेलकम एड्भरटाईजिङ्गको “ह्याप्पी होली” भव्य र सभ्य रूपमा सम्पन्न

प्रकाशित मिति: ९ चैत्र २०८०, शुक्रबार २०:११


काठमाडौं, चैत्र ९ ।
अबिरया हाेली, तँ चाया ला ल्यासे
अबिरं छंगु ख्वाः हिसि दयेका बिइ

यस वर्षको फागु पूर्णिमालाई भव्य र सभ्य रूपमा स्वागत गर्दै आज शुक्रबार वेलकम एड्भरटाईजिङ्गले आफ्नै प्राङ्गणमा आपसी एकता, सद्भाव, भाईचारा, मित्रता र प्रेमको प्रतिकको रूपमा रहेको रंगहरूको महान् पर्व होली, सामाजिक परम्परा र संस्कृतिलाई निरन्तरता दिँदै विशेष कार्यक्रमको आयोजना गरी सम्पन्न गरेकाे छ ।

होली नेपालमा रंगहरूको पर्व हो “फागु पूर्णिमा” – पूर्णिमाको दिन धेरै हर्षोल्लासका साथ मनाइने गरिन्छ । यो समय बसन्तको प्रचुर मात्रामा रंगहरूको आनन्द लिने र जाडोलाई बिदाइ गर्ने समय हो । हिन्दूहरूका लागि नेपालमा सबै उमेर र पृष्ठभूमिका मानिसहरूले व्यापक रूपमा मनाइने चाडहरू मध्ये रंगहरूको पर्व होली पनि एक हो । काठमाडौं, पर्यटकीय राजधानी भएकोले यो पर्वले पछिल्लाे समयमा आएर विदेशी पाहुनाहरूलाई पनि धेरै नै मनमाेहक र आकर्षित पार्दै आएकाे छ । परापूर्वकालदेखि “असत्य माथि सत्यको विजय”को प्रतिकको रूपमा होली पर्व मनाइने गरिन्छ ।

हालको समाज, परम्परा र पराम्परागत मूल्य मान्यतादेखि टाढा हुँदै आधुनिकतातर्फ उन्मुख हुँदै गइरहेकाे अवस्थालाई मध्यनजर गर्दै वेलकम ग्रुपका अध्यक्ष निर्मलराज पौडेल तथा निता पौडेलले वेलकम ग्रुपमा कार्यरत कर्मचारीहरूलाई रमाईलो उमङ्ग र उत्सवको पर्व होलीको हार्दिक मंगलमय शुभकामना सन्देशसहित, विभिन्न होलीको रंग लगाई दिँदै यस्ता पर्वहरूले समाजमा टुटेको सम्बन्ध, द्वन्द्वको अन्त्य र विगतबाट सञ्चित भावनात्मक अशुद्धताहरूबाट छुट्कारा पाउन र आपसी मेलमिलापका साथै आत्मियताको राम्रो विकास तथा समाजको पुनर्स्थापना र नवीकरण गर्न थप हौसल्ला मिल्ने विश्वास व्यक्त गर्दै सबैमा हाेलीकाे शुभकामना दिएका छन् ।

सोही अवसरमा वेलकम ग्रुपमा कार्यरत कर्मचारीहरूले एकापसमा रंगहरू छ्यापेर, गीतहरू र नृत्यहरूमा संलग्न भएर, होलीका व्यञ्जनहरूका साथमा “ह्याप्पी होली”काे शुभकामना आदान-प्रदान गर्दै होली पर्व मनाएका छन् । कार्यक्रममा कर्मचारीहरू सेतो टिर्सटमा होलीका विभिन्न रंगहरूमा रंगिएपश्चात् होलीकाे राैनकता र यस पर्वको उत्साह छुट्टै अनुभवकाे महशुससमेत गरिएकाे थियो ।


प्रतिक्रिया

ताजा खबर

More

नक्कली ड्राइभिङ लाइसेन्स बनाएकाे अभियाेगमा सरकारी कर्मचारी पक्राउ

काठमाडाैं, बैशाख १८ । नक्कली सवारी चालक अनुमति पत्र अर्थात् ड्राइभिङ लाइसेन्स बनाएको.....