वागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षा

प्रकाशित मिति: १३ चैत्र २०८०, मंगलवार ०८:०३


काठमाडाैं, चैत्र १३ ।
आज मंगलवार बिहान हाल कोशी र मधेश प्रदेशमा साधारणतया बदली तथा बाँकी पहाडी भू-भागमा आंशिक बदली रही बाँकी तराई भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ ।

हाल कोशी प्रदेशका केही स्थानहरूमा, मधेश प्रदेशका थोरै स्थानहरूमा तथा वागमती प्रदेशको एक/दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभागकाअनुसार आगामी २४ घण्टामा कोशी प्रदेशका थोरै स्थानहरूमा तथा मधेश, वागमती र गण्डकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

विभागकाअनुसार कोशी र वागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

यी क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

ललितपुरकाे डढेलाे : नियन्त्रणमा लिने क्रममा दुई जना घाइते

काठमाडाैं, बैशाख १८ । ललितपुरको गोदावरी नगरपालिका-४ स्थित तपेश्वर सामुदायिक वनमा लागेको.....

गाई काटेको अभियोगमा काभ्रेबाट तीन पक्राउ

काठमाडाैं, बैशाख १८ । गाई काटेर.....