नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुकाे प्रभाव कायमै, थाेरै स्थानमा सामान्य वर्षा जारी

प्रकाशित मिति: १५ चैत्र २०८०, बिहीबार ०७:३३


काठमाडाैं, चैत्र १५ ।
नेपालमा हाल पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव कायमै रहेकाे छ । कोशी, वागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा अहिले सामान्य वर्षा भइरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाकाअनुसार आज बिहीबार दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रहने छ । कोशी, वागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा तथा बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेकाे छ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेकाे छ । राति कोशी प्रदेशलगायत देशका पहाडी भागमा आंशिक बदली रहने छ । कोशी, वागमती र गण्डकी प्रदेशका थोरै तथा बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावनासमेत रहेकाे छ ।


प्रतिक्रिया

ताजा खबर

More

सप्तरीमा भीषण आगलागी हुँदा सयभन्दा बढी घर जलेर नष्ट, तीब्र गतिकाे हावाका कारण ठूलाे क्षति

काठमाडाैं, बैशाख १८ । सप्तरीको महादेवा गाउँपालिकामा भीषण आगलागी भएको छ । उक्त आगलागीबाट एक.....