पेट्राेलकाे मूल्य बढेर प्रति लिटर १ सय ७५ रुपैयाँ कायम

प्रकाशित मिति: १८ चैत्र २०८०, आईतवार २१:५९


काठमाडाैं, चैत्र १८ ।
नेपालमा पुनः पेट्रोलको मूल्य प्रति लिटर ४ रुपैयाँले वृद्धि भएको छ । भाेलि साेमबारदेखि वृद्धि हुने मूल्यअनुसार पेट्रोलको प्रति लिटर मूल्य १ सय ७५ रुपैयाँ पुगेको हो ।

नेपाल आयाल निगम लिमिटेडको सञ्चालक समितिको आजको निर्णयानुसार सोमबारदेखि नयाँ मूल्य लागू हुनेछ ।

निगमले नयाँ खरिद मूल्यअनुसार पेट्रोलको मूल्य प्रति लिटर ४ रुपैयाँ ७६ पैसाले बढेर आएको हो । निगमले अन्य पेट्रोलियम पदार्थको बिक्री मूल्य हाललाई यथावत् नै रहेको निगमद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएकाे छ ।

पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको प्रति लिटर मूल्य रुपैयाँ १ सय ७२ रुपैयाँ ५० पैसा रहेको छ ।  यस्तै, दोश्राे वर्गअन्तर्गतका काठमाडौं, पोखरा र दीपायल जिल्लामा प्रति लिटर रु. १ सय ७४ मूल्य कायम गरिएको विज्ञप्तिमा उल्लेख गरिएकाे छ ।


प्रतिक्रिया

ताजा खबर

More

सप्तरीमा भीषण आगलागी हुँदा सयभन्दा बढी घर जलेर नष्ट, तीब्र गतिकाे हावाका कारण ठूलाे क्षति

काठमाडाैं, बैशाख १८ । सप्तरीको महादेवा गाउँपालिकामा भीषण आगलागी भएको छ । उक्त आगलागीबाट एक.....