श्रीमान् र श्रीमती मृत अवस्थामा फेला

प्रकाशित मिति: २० चैत्र २०८०, मंगलवार १२:१९


काठमाडाैं, चैत्र २० ।
पर्वतको जलजला गाउँपालिका वडा नम्बर-२ मा श्रीमान् र श्रीमती मृत अवस्थामा फेला परेको छ ।

वडाअध्यक्ष प्रकाशबहादुर घर्ती क्षेत्रीले सूर्यबहादुर घर्ती र उनकी श्रीमती गमला घरभित्रै आज मंगलबार बिहान मृत अवस्थामा फेला परेका हुन् ।

‘घटनास्थल हेर्दा कसैले हत्या गरेको जस्तो देखिन्छ,’ वडाअध्यक्ष घर्तीले भने, ‘घटनास्थल रगताम्मे छ ।’

प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको पनि उनले बताए ।


प्रतिक्रिया

ताजा खबर

More

सप्तरीमा भीषण आगलागी हुँदा सयभन्दा बढी घर जलेर नष्ट, तीब्र गतिकाे हावाका कारण ठूलाे क्षति

काठमाडाैं, बैशाख १८ । सप्तरीको महादेवा गाउँपालिकामा भीषण आगलागी भएको छ । उक्त आगलागीबाट एक.....